बहराइन सरकारद्वारा नेपालीलगायत सबैलाई निःशुल्क कोरोना भाइरसको खोप उपलब्ध

डिसी नेपाल
१९ माघ २०७७ १४:२३

काठमाडौं। बहराइन सरकारले आफ्ना नागरिक सरह नै नेपालीलगायत सबै आप्रवासीलाई कोराना भाइरस (कोभिड–१९)को खोप उपलब्ध गराएको छ। बहराइनको मान्मास्थित नेपाली राजदूतावासका अनुसार त्यहाँको सरकारले कोरोना भाइरसको खोप सबैलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो।

उक्त घोषणाको स्वागत गर्दै नेपाली दूतावासका राजदूत पदम सुन्दासले सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिँदै त्यहाँ रहेका सबै नेपालीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन्।

खोपको दुबै डोज लगाएका राजदूत सुन्दासले खोपको साइड इफेक्ट केही पनि नहुने र ढुक्क भएर खोप लगाउन आग्रहसमेत गरेका छन्। उनले नेपाली समुदायलाई उत्प्रेरणा मिलोस भनेर आफैले खोपको दुबै डोज लिएको बताएका छन्।

साथै, खोपको डोज लिएपछि स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको जनाएका उनले नेपालीहरुलाई संक्रमणबाट बच्न मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न लगायतका स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व वहन गर्न पनि आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *