तस्वीरमा हेर्नुस् नेकपा (प्रचण्ड–माधव नेपाल) समूहको प्रदर्शन

डिसी नेपाल
२८ माघ २०७७ १३:१६

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले आज राजधानीमा प्रदर्शन गरेको छ। अहिले राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसका कारण राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। महानगरीय ट्राफिक प्रहरीका अनुसार ठूला सवारी साधानलाई चक्रपथमा नै रोकिएको र साना सवारी साधनलाई पनि रत्नपार्कबाहेक अन्यत्र डाइभर्ट गरिएको जनाएको छ।

कृष्णबहादुर महरा, पम्फा भुसाल लगायतका नेताले पुल्चोक, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा जाने जुलुसको नेतृत्व गरेका छन्।

त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले नेतृत्व गरेका छन्। माइतीघरबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य लगायतले नेतृत्व गरेका छन्।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गरेका छन्। जमलबाट निस्कने जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *