भारतको मुम्बईमा सम्पर्कबिहिन भएका नेपालीको ५ दिनमा शव भेटियो, हत्या भएको आशंका

डिसी नेपाल
९ फागुन २०७७ २३:२९

भरत पौडेल

मुम्बई । भारतको मुम्बईमा बेपत्ता भएका एक नेपालीको चार दिनपछि शव भेटिएको छ । मुम्बईको पनवेलदेखि गत १५ तारिख(सोमबार)का दिन वेपत्ता भएका कैलाली लम्कीचुहा नगरपालिकाका ५ निवासी भद्र खड्काको शनिबार शव भेटिएको हो ।

१५ तारिख सोमबार वेपत्ता भएका उनको परिवारले मंगलबार पुलिस रिपोर्ट गरेका थिए । उनी हराएको भन्ने थाहा पाएपछि मृतकका भाई उनको खोजीका लागि गुजरातदेखि मुम्बई आएका थिए । वेपत्ता भएको पाँच दिनपछि अर्थात २० तारिखका दिन पुलिसले एक व्यक्तिको शव भेटिएको जानकारी परिवारलाई दिएको थियो । परिवार पुग्दा शवको एकदमै गलेको र पहिचान गर्न नसकिने अवस्था भएको तर उनले लगाएको टीशर्टको आधारमा पहिचान भएको थियो ।

पुलिसले दिएको जानकारी अनुसार खड्काको शव सम्पर्कबिहिन भएको स्थान देखि १५० किलोमिटर दुरीमा रहेको पोलापुरको जंगलमा भेटिएको हो।

पुलिसले मृतकको पोलापुर नजिकै रहेको सरकारी अस्पतालमा पोस्टमार्टम गरिसकेको छ। मृतकका आफन्तले जानकारी दिए अनुसार पुलिसले लडेर मरेको बताएको तर मृतकको अवस्था हेर्दा भने शंकास्पद देखिएको छ । मृतकको बायाँ हात छैन । पुलिसले जनावरले खाएको बताए पनि टाउको पछाडी गहिरो चोट रहेको कारण हत्याको आशंका आफन्तले गरेका छन् । सोही विषयमा पुलिससँग सहमति नहुँदा परिवारले खड्काको शव बुझेका छैनन ।

३८ वर्षिय खड्का विगत ५ वर्षदेखि मुम्बईको सोसाईटीमा काम गर्दै आएका थिए । उनको नजिकै बस्ने व्यक्ति रमेश विश्वकर्माका अनुसार खड्का ४ वर्ष पहिला मानसिक रोगबाट पिडित थिए । उनको उक्त अवस्था ठिक भएपनि औषधि भने खाइरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *