प्रधानमन्त्री ओलीले यसरी मनाए जन्मदिन (फाेटाेफिचर)

डिसी नेपाल
११ फागुन २०७७ १५:४८

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७०औँ जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा बुवा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गर्दै जन्मदिन मनाएका छन्।

वि.स. २००८ सालमा तेह्रथुममा आमा स्व. मधु ओलीको कोखबाट जन्म लिएका थिए। २०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित ओलीले २०२५ सालदेखि पूर्णकालिन राजनीतिमा आफूलाई सामेल गरेका थिए।

२०४७ मा नेकपा माले र नेकपा माक्र्सवादी एकीकृत भएर बनेको नेकपा(एमाले)को संस्थापक केन्द्रीय सदस्य भएका थिए। २०४८ सालमा बहुदलीय व्यवस्था आएपछिको पहिलो आम निर्बाचनमा झापा ६ बाट प्रतिनिधि सभामा निर्वाचि भएका थिए।

पार्टीको केन्द्रीय प्रचार विभागको जिम्मेवारी सहित २०५० सालमा नेकपा एमालेको पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका थिए। ओलीले २०५१ मा पार्टी संसदीय विभागको प्रमुख समेत जिम्मेवारी सम्हालेका छन्। २०५६ को निर्वाचनमा झापा ६ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित भएपछि २०५९ सम्म प्रमुख प्रतिपक्षी दलको नेताको समेत भूमिका निर्वाह गरेका थिए।

२०७० को संविधानसभा निर्वाचनमा झापा ७ बाट निर्वाचि भएका ओली पार्टी अध्यक्षलाई पराजित गर्दै व्यवस्थापिका संसदको दलको नेतामा निर्वाचित भए।

२०७१ साउनमा भएको पार्टीको नऔं महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित, २०७२ मा व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित, २०७३ साउन ९ गते पदबाट राजीनामा, २० गते पुष्प कमल दाहाललाई औपचारिक सत्ता हस्तान्तर गरेका ओली २०७४ को फागुमा पुनः नेपालको ४१ औँ प्रधानमन्त्री बनेका थिए।

सबै तस्वीर : प्रधानमन्त्रीकाे सचिवालयबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *