अनलाइनबाट १ लाख ८४ हजार ठगी गर्ने २ जना पक्राउ

डिसी नेपाल
१४ फागुन २०७७ ११:३९

काठमाडौं । अनलाइनबाट ठगी गर्ने २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरीकार्यालय पर्साका अनुसार विभिन्न मितिमा अनलाइनबाट ठगी गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको विहारका ४३ वर्षीया राकेश कुमार र पर्सा जिल्ला विरगञ्ज महानगरपालिका वडा नं. २० का ३२ वर्षीया रामपुकार प्रसाद यादव रहेका छन्। उनीहरुले विभिन्न मितिमा १ लाख ८४ हजार ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौमा सुनिल सेन्चुरी भन्ने व्यक्तिले दिएको निवेदन बमोजिम यस कार्यालयबाट सुक्ष्म अनुसन्धान गर्दा उक्त ठगी कार्यमा सलंग्न रहेका उनीहरुलाई फागुन ११ गते र १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी अपराध महाशाखा टेकू काठमाण्डौमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले विज्ञप्ति जारी गरी बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *