स्वास्थ्यकर्मी धमला ‘कोभिड-१९ नियन्त्रण हिरो’ बाट सम्मानित

डिसी नेपाल
१६ फागुन २०७७ १४:००
164
Shares

काठमाडौं। धादिङ नेत्रावती डबजोङ गाउँपालिकाले आफ्नो आठौं गाउँ सभा २०७७ तथा चौथो हिउँदे अधिवेशनमा स्वास्थ्यकर्मी मधु धमला क्षेत्रीलाई सम्मान गरेको छ। कोभिडविरुद्ध अग्रपँक्तिमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै धमलालाई सम्मान गरिएको हो।

धमला कोडिभ १९ महामारी, लकडाउनको अवधिमा पनि जिल्लामा नै अग्रपँक्तिमा खटिएका छन्। उनले कोभिड नियन्त्रण तथा रोकथामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। र, सधैं नै स्वास्थ्य सुधारका कार्यक्रमसहित कार्यान्वयनमा खरो उत्रिएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले धमलालाई धादिङको स्वास्थ्य क्षेत्रका मेरुदण्डको रुपमा चित्रण गरेका थिए। उनीहरुले धमलाले जस्तै देशभरिका स्वास्थ्यकर्मीहरुले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने पनि धारणा राखेका थिए। धमलालाई कोभिड १९ नियन्त्रण हिरोको रुपमा सम्मान गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *