विदेशबाट फर्केकालाई मेगा बैंकले १० लाखसम्म सहुलियत कर्जा दिने

डिसी नेपाल
२० फागुन २०७७ १७:०८

काठमाडौं। विदेशबाट फर्केकाले मैगा बैंकबाट १० लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन्। मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली, रिटर्नी माइग्रेन्टका तर्फबाट अध्यक्ष उत्तम अधिकारी र मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौतानुसार रिटर्नी नेपालले आफ्ना सदस्य उद्यमीहरुलाई सिफारिस गर्ने र मेगा बैंकले अधिकतम १० लाखसम्मको कर्जा प्रवाह गर्ने छ। साथै, मेगा क्यापिटलले उद्यमीहरुको परियोजना प्रस्ताव तयार गर्ने, वित्तीय साक्षरता तथा व्यवसायिक परामर्श प्रदान गर्ने कार्य गर्ने छ।

सो अवसरमा बैंकका तर्फबाट बिना झन्झट सेवाग्राहीलाई सेवा उपलब्ध गराउने र त्यसका लागि असल उद्यमी सदस्यको पहिचान गरि संस्थाले गर्ने सिफारिस महत्वपूर्ण हुने प्रमुख कार्यकारी अधिकृत खुन्जेलीले बताएकी छन्।

हस्ताक्षर कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपालको तर्फबाट यसअघि विभिन्न बैंकसंग भएका सम्झौता कार्यन्वयनका क्रममा देखिएका जटिलता दोहोरिन नदिन बैंकको उच्च नेतृत्व सचेत रहनुपर्नेमा जोड दिइएको थियो।

रिटर्नीले बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वदेशमै उद्यमी बन्न संगठित गर्दै क्षमता विकास, सामुहिक लगानीमा प्रोत्साहनका साथै सहुलियत कर्जामा सहजीकरण गर्दै आइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *