अमेरिकामा नेपाली उबर चालकमाथि ३ युवतीको दुर्व्यवहार, भिडियो भाइरल

डिसी नेपाल
२६ फागुन २०७७ १७:४३

काठमाडौं। अमेरिकामा एक जना नेपाली उबर (ट्याक्सी) चालकमाथि ३ जना युवतीले दुर्व्यवहार गरेको भिडियो अहिले अनलाइनमा भाइरल भइरहेको छ । यी नेपाली युवाले ती युवतीलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरुले दुर्व्यवहार गरेका हुन् । यो भिडियो एबीसी सेभेन न्युजकी रिपोर्टर डायोन लिमले शेयर गरेकी छिन् ।

लिमका अनुसार ती उबर चालक नेपाली युवा सुभाकर खड्का हुन् । उनले मार्च ८ का दिन अमेरिकाको सान फ्रन्सिस्कोको बेभ्यू क्षेत्रबाट ती तीन यात्रुलाई गाडीमा चढाएका थिए । उनले तीमध्येकी उक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक दुर्व्यवहार समेत गरेका हुन् ।

जानकारी अनुसार ती यात्रुले मास्क नलगाएपछि सुभाकरले विनम्रतापूर्वक मास्क लगाएका कारण आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए । भिडियोमा ती युवतीहरुले उनलाई गाली गर्ने, उनको अगाडि मासक हल्लाउने, उनलाई कुटपिट गर्नेदेखि उनको फोन चोर्ने प्रयास गरेको समेत देखिएको छ । यो घटनापछि सुभंकरले केही दिनको विदा लिएको बताइएको छ ।

यो घटनापछि उबरका एक प्रवक्ताले लिमलाई एक वक्तव्य पठाउँदै यो भिडियोमा देखिएका व्यक्तिहरुले अब उबर प्रयोग गर्न नपाउने बताएका छन् । सुरुमा उबरले सुभंकरलाई मात्रै २० डलर क्षतिपूर्ति दिएको थियो जुन पछि बढाएर १२० डलर बनाइएको थियो । सुभंकरलाई सहयोग गर्नको लागि गो फण्ड मी पेज सुरु गरिएको छ जहाँ २७ हजार ३१९ डलर जम्मा भएको छ । सुभंकरले यो रकम नेपालमा पत्नी र ८ वर्षका छोरालाई पठाउने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *