विभागद्वारा अल आमल ओभरसिजमा छापा, पूर्व स्वीकृतिबिनै अन्तर्वार्ताको तयारी

डिसी नेपाल
१ चैत २०७७ १७:३९
260
Shares

काठमाडौं। वैदेशिक रोजगार विभागले अल आमल ओभरसिज प्रालिमा छापा मारेको छ। पुरानो डिमाण्ड देखाएर बहराइनको लागि अन्तर्वार्ता लिइराखेको भन्ने सूचनाको आधारमा विभागले आइतबार ओभरसिजमा छापा मारेको हो।

चेतनकुमार खत्री, हेमराज पाण्डे, बाबुराम पौडेल, सुवर्ण शाक्य, नरेश रोकायालगायतको विभागको अनुगमन टोलीले उक्त म्यानपावरमा पुग्दा पूर्व स्वीकृति नलिकन अन्तर्वार्ता लिने तयारी गरेको देखिएको छ। विभागले अनुगमन गर्दा अन्तर्वार्ताको लागि बहराइन जाने युवाहरु सोमबार उक्त म्यानपावरमा अन्तर्वार्ताको लागि आउने तयारी रहेको देखिएको छ।

‘म्यानपावरले अन्तर्वार्ता लिइराखेको छ भन्ने सूचनाको आधारमा विभागले आकस्मिक अनुगमन गरे पनि अन्तर्वार्ता भने सोमबारको लागि तयारी गरिएको पाइयो।’, अनुगमन टोलीका प्रमुख चेतनकुमार खत्रीले भने, ‘यहाँ आएर हेर्दाखेरी डिमाण्ड चाहीँ छ, डिमाण्डमा केही मान्छे पठाएर केही मान्छे बाँकी रहेको देखिएको छ। पूर्व स्वीकृति लिन खोजेको पनि देखिएको छ तर बहराइन डिमाण्डमा सोमबार हुने अन्तर्वार्ताको लागि विभागबाट पूर्व स्वीकृति लिएको देखिएन।’

खत्रीका अनुसार म्यानपावरले पूर्व तयारी गरेको रहेछ तर प्रक्रिया पूरा नगरिकनै अन्र्तवार्ता लिने खोजेको रहेछ। उनले भने, ‘सम्पूर्ण डकुमेन्ट प्रक्रियागत चाहीँ देखियो तर पूर्व स्वीकृति लिएर अन्तर्वार्ताको लागि विज्ञापन गरेको देखिएन्।’

विभागले अन्तर्वार्ता दिन आउने व्यक्तिहरुको नौ थान निवेदनहरु, पुन विज्ञापन गराई पाऊ भन्ने बारेको एक थान फायल आदि कागजात बरामद गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *