नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा खण्डको अधिबेशन सम्पन्न

डिसी नेपाल
३ चैत २०७७ १६:५४

नयाँ दिल्ली। नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा खण्डको प्रथम अधिबेशन सम्पन्न भएको छ। भारतको फरिदावादमा सम्पन्न अधिबेशनलाई सम्बोधन गर्न नेपालबाट पूर्व परराष्ट राज्य मन्त्रीअर्जुन जंगबहादुर सिंह, संघीय सांसद प्रकाश स्नेही , युवा नेता रत्नहरी ढुंगेल नारायण हमाललगायत पुगेका थिए। साथै अधिबेशनलाई भारतीय एनटीआईका विधायक निरज शर्माले पनि सम्बोधन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री सिंहले नेपाल सरकारले प्रवासिको पीडा बुझ्न नसकेको बताए। सांसद स्नेहिले गरिबी र अशिक्षाका कारण नै नेपालीले प्रवासी जीवन विताउन बाध्य हुनुपरेको र नेपालमा कम्युनिस्ट रहुन्जेल यो दर बढ्दै जाने भएकाले देशमा कम्युनिस्टको अन्त्य नहुन्जेल नेपालीले प्रवासी जीवनबाट मुक्ति नपाउने बताए।

भारतीय एनटीआईका बिधायक शर्माले नेपाल भारत सम्बन्ध संसारकै उदारणीय रहेको र भविष्यमा यो भाइचारा अझ प्रगाढ बन्दै जानेमा विश्वास व्यक्त गरे।

युवा नेता ढुंगेलले भारतको हरेक जग्गामा नेपालीहरुको खुनपसिना बगेको भन्दै भारतलाई अङ्ग्रेजको पञ्जाबाट मुक्त दिलाउन बीपी कोइरालालगायत नेतागण जेल परेको बताए। भारतले नेपाल र नेपालीलाई उँचो सम्मान गर्नुपर्ने उनले बताए।

अधिवेशनले गोबिन्द खातीको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्विरोध चयन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *