महिला यात्रुको दुर्व्यवहारमा परेका नेपाली ट्याक्सी चालकलाई १ करोडभन्दा धेरै सहयोग

डिसी नेपाल
४ चैत २०७७ १७:४६

काठमाडौं। अमेरिकामा तीन जना महिला यात्रुको दुर्व्यवहारमा परेका नेपाली उबर (ट्याक्सी) चालक सुभाकर खड्काको लागि १ करोड रुपैयाँभन्दा धेरै सहयोग जुटेको छ । यो समाचार तयार पार्दासम्म खड्कालाई सहयोग गर्नको लागि सुरु गरिएको गो फण्ड मी पेजमा १ लाख १ हजार ८६० डलर (१ करोड १८ लाख रुपैयाँ) सहयोग संकलन भइसकेको छ ।

सुभाकरले तीन यात्रुमध्येकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरुले दुर्व्यवहार गरेका थिए । यो भिडियो एबीसी सेभेन न्युजकी रिपोर्टर डायोन लिमले शेयर गरेकी थिइन् । सुभाकरले मार्च ८ का दिन अमेरिकाको सान फ्रन्सिस्कोको बेभ्यू क्षेत्रबाट ती तीन यात्रुलाई गाडीमा चढाएका थिए । उनले तीमध्येकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक दुर्व्यवहार समेत गरेका हुन् ।

जानकारी अनुसार ती यात्रुले मास्क नलगाएपछि सुभाकरले विनम्रतापूर्वक मास्क लगाएका कारण आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए । भिडियोमा ती युवतीहरुले उनलाई गाली गर्ने, उनको अगाडि मासक हल्लाउने, उनलाई कुटपिट गर्नेदेखि उनको फोन चोर्ने प्रयास गरेको समेत देखिएको छ । सुभाकरले संकलित रकम नेपालमा पत्नी र ८ वर्षका छोरालाई पठाउने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *