भारतको नयाँ दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

डिसी नेपाल
५ चैत २०७७ ८:४०

काठमाडौं। भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ । बुधबार दिल्लीको न्यु अरुणा नगर क्षेत्रमा २ जना मोटरसाइकल सवार व्यक्तिहरुले ४५ वर्षकी नेपाली महिलाको गोली हानी हत्या गरेको डेली पायोनियरले जनाएको छ । हत्या अभियुक्तहरु पक्राउ परेका छैनन् र पुलिसले उनीहरुलाई पक्राउ गर्नको लागि सीसीटिभी फुटेजको जाँच गरिरहेको बताएको छ ।

मृतक नेपाली महिलाको नाम मीना भएको खुलेको छ र उनको पूरा नाम खुलाइएको छैन । उनले आफ्ना श्रीमानसँग दिल्लीमा खाजा र पेय पदार्थको पसल चलाउँदै आएको बताइएको छ । पुलिसका अनुसार बुधबार बिहान करिब ७ बजेतिर मीना पसलमै भएका बेला अज्ञात व्यक्तिहरुले उनीमाथि गोली चलाएका थिए । ‘उनलाई छातीमा गोली लागेपछि ढलेकी थिइन् । उनलाई नजिकैको अस्पताल लगिएकोमा डाक्टरले उनको मृत्यु भइसकेको बताएका थिए’ एक उच्च पुलिस अधिकारीले भने । मीना विगत ८ वर्षदेखि आफ्ना श्रीमान र १२ वर्षकी छोरीसँग दिल्लीमा बस्दै आएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *