पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

डिसी नेपाल
२१ चैत २०७७ १९:३५

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले आज संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो । घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी छन् ।

यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिव सुजना अर्याल, आदिवासी जनजाती सचिव नारायणसुन्दर किलम्बू, मधेशी सचिव दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसशोसिएट सचिव पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने छन् ।

यस्तै खुला सदस्यमा छवि तिवारी, नारायणप्रसाद पङ्गेनी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री हुनुहुन्छ । महिला सदस्य (खस आर्य)मा सरिता तिम्सिना, महिला सदस्य (मधेशी)मा ललिताकुमारी साह, आदिवासी जनजाति महिला सदस्यमा शान्ता आङबुहाङ, दलित महिला सदस्यमा सरिता बराइली छन् । यस्तै आदिवासी जनजाति सदस्यमा भीसन राई र आदिवासी जनजाति (महिला)मा सन्चकुमारी लामा तामाङ, दलित सदस्य प्रकाश धौलाकोटी र दलित महिला सदस्यमा राधा नेपाली उम्मेदवार छन् ।

मधेशी सदस्यमा सुभाषप्रसाद साह र मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्र, सदस्य (अपाङ्गता) मा नवीन रिजाल र अल्पसङ्ख्यकमा इफ्तार हसन, लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य (महिला)मा देवी सापकोटा छन् ।

सदस्यमा प्रदेश नं १ मा अमर खड्का र श्यामकृष्ण दाहाल, प्रदेश नं २ मा अनिल मिश्र र शिव पुरी, वाग्मती प्रदेशमा ध्रुव रावल र सुनिल खड्का गण्डकी प्रदेशमा प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे र सुशील पोखरेल, कर्णाली प्रदेशमा दीपेन्द्र शर्मा र भीमबहादुर सिंह, सुदूरपश्चिम प्रदेशमा उत्तरसिंह विष्ट र भरतबहादुर शाह उम्मेदवार छन् ।

यस्तै उपत्यका प्रदेशमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठान प्रदेशमा गजेन्द्रराज ओझा र रामकृष्ण अधिकारी, एशोसिएट प्रदेशमा ओमबन्धु कार्की र विकास कार्की उम्मेदवार छन् । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष उदय जिएम र क्रान्तिकारी पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष नारायण पङ्गेनीले व्यावसायिक पत्रकारहरूको गठबन्धनलाई विजयी बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । महासङ्घको महाविधेशन यही चैत २५ गते हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *