लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्तायो – Dcnepal

लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्तायो

लमजुङ । कोरोना कहरको पहिलो लहर सकिएपछि लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । कोरोनाले थला पारेको पर्यटन व्यवसाय राम्रोसँग लय लिन नपाउँदै सङ्क्रमणको दोस्रो लहर शुरु हुन थालेपछि लमजुङमा पर्यटन व्यवसाय पुनः सुस्ताएको हो ।

जिल्लामा रहेको क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ, बेँसीशहर नगरपालिका–३ काउलेपानी, राइनास नगरपालिका–९ राइनासकोट, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरबास (होमस्टे) तथा पर्यटकीयस्थलमा कोरोना सङ्क्रमणको जोखिमले पर्यटकको आगमन ठप्प भएको छ । यसअघि समेत कोरोनाले प्रभावित बनेका सो क्षेत्रमा तीनरचार महिनाअघिदेखि मात्र पर्यटक आगमन भएर विस्तारै लयमा फर्किँदै गरेको पर्यटन व्यवसाय केही दिनदेखि आन्तरिक पर्यटक पनि आउन छाडेपछि पर्यटन व्यवसायीहरू निराश भएका छन् ।

घलेगाउँमा विसं २०७६ चैत ११ गतेदेखि भदौको तेस्रो हप्तासम्म ठप्प रहेको घरबासले त्यसयता पर्यटकको आगमनमा तीव्रता भइरहेको थियो । केही दिनअघिसम्म दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटकको चाप भइरहेका बेला फेरि कोरोना जोखिम बढेसँगै पर्यटक आगमन ठप्प हुँदा घरबास सञ्चालक तथा पर्यटन व्यवसायी निराश बनेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए । उनले भने, “हामीले सोचेका थियौँ यतिका समय पर्यटन व्यवसाय थला प¥यो, अब त विगतकै लयमा निरन्तरता हुन्छ भनेको तर कोभिडकै कारण त्यसो भएन ।” घलेगाउँका घरबास सञ्चालहरूको मुख्य आम्दानीकै स्रोत पर्यटन रहेकाले पर्यटक आगमन ठप्प हुँदा परिवारको गुजारा चलाउन समस्या पर्ने घलेगाउँ घरबास सञ्चालक तथा पर्यटन व्यवसायी दीर्घराज घलेले बताए ।

पर्यटक चहलपहल हुँदा यहाँका प्रत्येक घरबास सञ्चालकले मासिक कम्तीमा पनि रु ५०÷६० हजार आम्दानी गर्ने गरेका थिए र सोही रकमबाट परिवारको गुजारा चलाउँदै आएका छन् । कोरोनाका कारण पर्यटक नै नआएपछि आम्दानी गर्ने बाटो बन्द हुँदा पर्यटन व्यवसायीलाई विभिन्न समस्या हुने बताइएको छ । विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ३७ घरमा घरबास छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीहरुको जातिया पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत हुने गरेको थियो । विसं २०६२र६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।

घलेगाउँ समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँमेत हो । घलेगाउँबाट ६९८६ मिटर उचाइको लमजुङ हिमाल, ७९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल ९दोस्रो०, अन्नपूर्ण हिमाल ९चौथो०, ६९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ८१६३ मिटर उचाइको मनास्लु हिमाल, ७८९३ मिटर उचाइको हिमालचुली, ७८३५ मिटरमा रहेको ङादीचुली ९डा हर्क हिमाल० र ६६७२ मिटर उचाइको बुद्व हिमाल घलेगाउँबाट देख्न सकिन्छ ।

त्यस्तै समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी घरबासमा समेत कोरोना सङ्क्रमणको दोस्रो लहर चल्न थालेपछि केही दिनअघिबाट पर्यटक आउन छाडेका छन् । दैनिक सय डेढ जनासम्म पर्यटक आउने गरेकामा यतिबेला एक दुई जना पर्यटक पनि घरबासमा नआएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । काउलेपानी घरबास सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकलाई गाउँमा स्वागत गरिरहेका थियौँ तर, पुनः कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै घरबास सुनसान भएको उनको भनाइ छ ।

सन् २०११ बाट सञ्चालनमा आएको यस घरबासमा १५ घरमा घरबासको व्यवस्था गरिएको छ । यहाँ नेवार, गुरुङ र भुजेल समुदायको घरबास रहेको छ भने यी सबै घरबासमा गरी ८८ वटा पर्यटक एकै रातमा सुत्न सकिने बताइएको छ । यी घरबासबाहेक जिल्लाका अन्य घरबास तथा पर्यटकीयस्थल सुनसान बनेका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो