अनेसास अष्ट्रेलियाकाे अध्यक्षमा तिवारी

डिसी नेपाल
२९ जेठ २०७८ ९:१९
76
Shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टर, अष्ट्रलियाको अध्यक्षमा ममता तिवारी निर्वाचित भएकी छिन्। हालै भएको निर्वाचनबाट उनी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएकी हुन्।

अध्यक्ष उमेदवारका लागि ममता तिवारी र विदुर प्रसाद सापकोटाको उम्मेदवारी परेको थियो। यो कार्यकारिणी समितिले २०२३ सम्म काम गर्ने छ।

समितिमा बिष्णु घिमिरे, कुमार शर्मा, विनोद महर्जन, डा.प्रकाश पौडेल, शान्ता सिटौला, भावना पराजुली, गौरी कार्की, आशिष विश्वकर्मा, रमेश अधिकारी र अदित थापा रहेका छन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष महेश्वर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्तमान कोषाध्यक्ष बिष्णु घिमिरेले तयार पारेको आर्थिक प्रतिवेदन संस्थाका सचिव प्रविण टण्डनले वाचन गरी सुनाएका थिए।

अनेसास न्यू साउथ वेल्सकी पूर्व अध्यक्ष तथा अनेसास पूर्व केन्द्रीय सदस्य सानु घिमीरे, अनेसास सद्भावनादूत आचार्य राजन शर्मा तथा सामाजिक अभियान्ता रन्जु वाग्ले थापाले निर्वाचित अध्यक्ष तिवारीलाई बधाई तथा शुभकामना दिएका थिए। सो निर्वाचन समितीमा रहेका तीन सदस्य निर्वाचन प्रमुख सुजित सिग्देल,सदस्य प्रतिज्ञा अधिकारी तथा मनऋषि धिताललाई सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन भुमिका निर्वाह गरेकोमा सँस्थाको तर्फबाट निवर्तमान अध्यक्ष शर्माले धन्यवाद दिएका
थिए।कार्यक्रमको सन्चालन निवर्तमान सचिव प्रविण टण्डनले गरेका थिए।

नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्व र साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थितिमा भएको सो कार्यक्रम नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामनासँगै समापन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *