कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र मृतकको संख्या

डिसी नेपाल
४ असार २०७८ २३:१३

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७५ लाख ५९२ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ४३ हजार ७२९ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश -सङ्क्रमितको संख्या- कूल मृत्यु

संयुक्त राज्य अमेरिका -तीन करोड ३५ लाख ९ हजार ७७२- छ लाख ९३५
भारत- दुई करोड ९७ लाख ६२ हजार ७९३ -तीन लाख ८३ हजार ४९०
ब्राजिल- एक करोड ७७ लाख २ हजार ६३० -चार लाख ९६ हजार ४
फ्रान्स -५८ लाख ११ हजार ४६१ -एक लाख १० हजार ७९६
टर्की- ५३ लाख ५४ हजार १५३- ४९ हजार १२
रुस -५२ लाख २० हजार १६८- एक लाख २६ हजार ३००
बेलायत -४६ लाख १६ हजार ६२८ -एक लाख २८ हजार २०९
इटाली- ४२ लाख ४९ हजार ७५५- एक लाख २७ हजार १९०
अर्जेन्टिना -४२ लाख २२ हजार ४०० -८७ हजार ७८९
कोलम्बिया- ३८ लाख ५९ हजार ८२४ -९८ हजार १५६




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *