भ्रम सिर्जना गर्ने निवेदन दर्ता नगर्न आयोगलाई माओवादी केन्द्रको आग्रह

डिसी नेपाल
२५ असार २०७८ १५:२०
164
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई भ्रम सिर्जना गर्ने कुनै पनि निवेदन दर्ता नगर्न आग्रह गरेको छ। बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भन्दै आइन्दा त्यस्तो नगर्न माओवादी केन्द्रले निर्वाचन आयोगलाई आग्रह गरेको हो।

पार्टीका सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ।’

आयोगमा माओवादी केन्द्रको खारेजीको माग राख्दै सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का सरोज बुढाथोकीको नामबाट निवेदन परेको छ।

दल दर्ता खारेज सम्बन्धी निर्णय गर्न माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल समूहका नेताहरुले निर्वाचन आयोगलाई दबाबसमेत दिंदै आएका छन् । शुक्रबार मात्रै टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरु आयोगको कार्यालयमा पुगेर यसबारे आयुक्तहरुसँग छलफल गरेका छन् ।

‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ,’ ढकालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *