सर्वोच्चको फैसलाले लोकतन्त्रको रक्षा गर्‍यो : माओवादी केन्द्र

डिसी नेपाल
२८ असार २०७८ १३:५९

काठमाडौं। प्रतिनिधिसभा विघटनलाई बदर र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि लोकतन्त्रको रक्षा भएको माओवादी केन्द्रले प्रतिक्रिया दिएको छ। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको बताएका छन्।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको छ। यसको हामी स्वागत गर्दछौं।प्रतिगमनको बिरुध्द संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *