माधव नेपाललाई व्यंग्य गर्दै कमल थापाको कथा
फाइल तस्वीर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई व्यंग्य गर्दै एउटा छोटो कथा सार्वजानिक गरेका छन् ।
सो कथामा अध्यक्ष थापाले माधव नेपाल नेतृत्वका २३ सांसदहरुलाई असन्तुष्ट सेनानीको संज्ञा दिएका छन् । ती २३ जनाले विदेशी फौजसंग मिल्न गई आफ्नै देशको फौजलाई र सेनापतिलाई पराजित गरेको उल्लेख गरेका छन्।
कथाको अन्त्यमा अध्यक्ष थापाले माधव नेपाल र उनको समूहलाई व्यंग्य गर्दै आफ्नै सेनापतिलाई विदेशी फौज र पञ्च भलाद्मीसंग मिलेर हराइसकेपछि जित्यौं जित्यौं भन्दै घर फर्किएकोसमेत भनेका छन् ।
सर्बोच्च अदालते प्रतिनिधिसभा पुनस्र्थापना गर्ने आदेश दिएको भोलिपल्ट अथात् मंगलबार विहान सबेरै अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत सो चारलाइनको कथा सार्वजानिक गरेका हुन्। को जित्यो को हार्यो शीर्षकमा विहान फुरेको कथा भन्दै उनले माधव नेपालप्रति कडा व्यंग्य प्रहार गरेका हुन् ।
उनको कथा यस्तो छ- “एकादेशमा एउटा देशको सेनापतिसंग २३ जना सेनानीहरु असन्तुष्ट भएछन् । ती असन्तुष्ट सेनानीहरु विदेशी फौजसंग मिल्न गए। अनि ‘पंच भलाद्मी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौं जित्यौं’ भन्दै सगौरव घर फकैछन्।”
बिहान फुरेको लघुकथा-“को जित्यो,को हार्यो”
एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्।ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए।अनि ‘पंच भलादमी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ,जित्यौँ’ भन्दै सगौरव घर फर्केछन्
— Kamal Thapa (@KTnepal) July 13, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment