जाँदाजाँदै ओलीले भने- भरेभोलिबाट आजै खोप ल्याएको हो भनेर प्रचार गरिने छ

डिसी नेपाल
२९ असार २०७८ १४:५८
2.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा २ करोड बढी खोप खरिदको सुनिश्चितता भएको बताएका  छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले आफ्नो पालामा नै खोप खरिदको प्रक्रियालाई पूरा गरेको बताए।

उनले भने, ‘भरेभोलिबाट नै खोप आफैले जादु गरेर ल्याएको हो भनेर प्रचारबाजी गरिने छ। मलाई प्रचारबाजीको कुनै अपेक्षा छैन। २ करोड बढी खोप खरिदको पक्रिया पूरा भएको छ। सबैले खोप पाउनु हुन्छ।’

सरकारलाई काम गर्न नै नदिने खेल आफ्नो पार्टी भित्र र बाहिरबाट भएको कुरा दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले पृथकतावादी समूहलाई मूल राजनीतिमा ल्याएको कुरा सुनाए।

विकासका नयाँनयाँ काम भइरहेको उनले सुनाए। ‘अपरतामाकोशी, ढल्केबर सब स्टेसनको उद्घाटन्, कर्णालीका ५ वटा जिल्लामा ग्रिडबाट विद्युत पुर्‍याएको कुरा जुन यस सरकारले गरेका थियो।’ उनले भने, ‘हुम्लाको सिमकोटसम्म सडक सञ्जाल जोड्ने काम पनि यही सरकारले गर्‍यो। त्यसकारण हामीले असाधारण विकासका काम गरेका छौं।’

बाढी पहिरोबाट नराम्ररी आक्रान्त भएको उनको भनाइ थियो। बाढी पहिरोबाट घाइतेभएकालाई सम्पूर्ण उपचारको खर्च सरकारले गर्ने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *