कश्मिरलाई छुट्टै स्वतन्त्र देश बनाउन कश्मिरी जनता स्वतन्त्र !

डिसी नेपाल
९ साउन २०७८ ९:२६

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरलाई छुट्टै स्वतन्त्र देश बनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री खानले शुक्रबार एक कार्यक्रममा इस्लामाबादले कश्मिरी नागरिकहरुलाई उनीहरु पाकिस्तानसँग मिलेर एउटै देश बन्ने वा कश्मिरलाई छुट्टै देश बनाउने भन्ने निर्णय गर्ने अधिकार दिने बताए । अर्कोतर्फ भारतले भने जम्मु कश्मिरलाई आफ्नो भन्ने गरेको छ । अहिले कश्मिर दुई भागमा विभाजित छ । केही भागमा पाकिस्तानको शासन छ भने केही भागमा भारतको शासन छ ।

प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मिरको तरार खलमा एक र्यालीमा सहभागी हुने क्रममा यस्तो धारणा राखेका हुन् । यहाँ भोलि २५ जुलाइमा चुनाब हुँदैछ । कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री इमरान खानले विपक्षी नेताले यसअघि इमरान सरकारले कश्मिरलाई पाकिस्तानको एक प्रान्त बनाउने योजनामा काम गरिरहेको भन्ने दावीलाई खारेज गरेका छन् । इमरान खानको यो जवाफ पाकिस्तान मुस्लिम लिग नवाजकी नेता मरयम नवाजको बयानपछि आएको हो ।

यसअघि १८ जुलाइमा पाकिस्तान प्रशासित कश्मिरमा भएको कार्यक्रममा मरयम नवाजले कश्मिरको स्थिति बदलेर यसलाई पाकिस्तानको एक प्रान्त बनाउने विषयमा निर्णय भइसकेको दावी गरेकी थिइन् । प्रधानमन्त्री खानले भने ‘एक दिन आउनेछ जब कश्मिरीहरुलाई संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार आफ्नो भविष्य तय गर्ने स्वतन्त्रता दिइनेछ । मलाई विश्वास छ त्यस दिन कश्मिरीहरु पाकिस्तानमा मिसिने निर्णय गर्नेछन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *