गर्भवती प्रेमिकालाई सुत्केरी गराउन अस्पताल लैजाँदा बलात्कार आरोपमा पक्राउ

डिसी नेपाल
९ साउन २०७८ १०:४९

काठमाडौं। अमेरिकामा २४ वर्षका एक युवकलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । यी युवकले आफ्नो साथमा १२ वर्षकी गर्भवती बालिकालाई सुत्केरी गराउन अस्पताल लिएर आएका थिए । युवकले आफू ती बालिकासँग सम्बन्धमा भएको बताएका थिए । ओक्लाहोला सहरको हिलक्रेस्च मेडिकल सेन्टरले केही दिन पहिले पुलिसलाई १२ वर्षकी बालिकालाई सुत्केरी गराउन ल्याइएको सूचना दिएको थियो । त्यसैको आधारमा पुलिसले युवकलाई पक्राउ गरेको हो ।

पिपुल म्यागजिनका अनुसार बालिका सफलतापूर्वक सुत्केरी भएर छोरी जन्माएकी छिन् । आमा र छोरी दुवै स्वस्थ छन् । पुलिसले युवकलाई पक्राउ गरेको छ । २४ वर्षका जुआन मिरान्डा जरा नामका यी व्यक्तिले पुलिसलाई बताएअनुसार उनी २०२० अक्टोबरदेखि नै ती बालिकासँग सम्बन्धमा छन् । पुलिसका अनुसार ती युवकलाई आफ्नो सम्बन्ध स्वीकार गर्न कुनै हिच्किचाहट थिएन र उनी आफू पिता बनेकोमा गर्व महसुस गरिरहेका थिए ।

यी युवक अस्पतालमा पुलिस देखेपछि पनि निकै अल्मलिएका थिए । उनलाई यो कुराको पटक्कै महसुस थिएन कि उनले एक नाबालिगसँग शारीरिक सम्बन्ध राखेर गम्भीर अपराध गरेका छन् । ओक्लाहोमा सहरमा शारीरिक सम्बन्धको लागि सहमति दिने न्यूनतम उमेर १६ वर्ष हो । अर्थात १६ वर्षभन्दा कम उमेरका कसैसँग पनि शारीरिक सम्बन्धलाई सहमतिमै भएको भए पनि बलात्कार मानिन्छ ।

पुलिस अधिकारी ड्यानी बीनले फक्स २३ सँग कुरा गर्दै बताएअनुसार ती २ जना अन्य आम जोडीहरुजस्तै अस्पतालमा आएका थिए र बच्चा जन्माउने कुरालाई लिएर निकै उत्साहित थिए । उनीहरुलाई यो सब सामान्य हो भन्ने लागिरहेको थियो । बालिकाले छोरी जन्माएकी छिन् र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । जुआन र यी बालिकाको भेट कसरी भयो भन्ने विषयमा पुलिसले कुनै जानकारी दिएको छैन ।

१२ वर्षकी बालिका ९ महिनासम्म गर्भवती रहँदा कसैले प्रशासनमा किन जानकारी दिएनन् भन्ने विषयमा पनि पुलिसले जाँच गरिरहेको छ । सामाजिक संजालमा गरिएका केही पोस्टमा जुआनका आफन्तलाई यसबारे थाहा भएको पनि पाइएको छ । जुआनले आफू नाबालिगसँग सम्बन्धमा भएको मात्र नभइ बेबी शावरका तस्वीर पनि पोस्ट गरेका थिए । जुआनलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । अब छुट्नको लागि उनले ५० हजार डलरको बोन्ड तिर्नुपर्नेछ । जुआनलाई अब २६ अगस्टमा अदालत पेश गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *