भारतमा ८४ वर्षकी वृद्धालाई बलात्कारपछि हत्या गरेको आरोपमा नेपालीलाई आजीवन कारावास

डिसी नेपाल
१० साउन २०७८ १०:५१

काठमाडौं। भारतमा एक नेपालीलाई ८४ वर्षकी महिलालाई बलात्कारपछि हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ । भारतको पंजाब राज्यको गुरदासपुर सेसन न्यायाधीश रमेश कुमारीले सतिन्दर राउतलाई भारतीय दण्ड विधानको धारा ४५० (अपराध गर्नको लागि अर्काको घरभित्र पस्नु), ३७६ (बलात्कार) र ३०२ (हत्या) अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएकी हुन् ।

टाइम्स अफ इण्डियाका अनुसार अदालतले राउतलाई धारा ४५० अन्तर्गत १२० वर्षको कडा कारावास र ६ महिनाको साधारण कारावास, धारा ३७६ को लागि १५ वर्षको कडा कारावास र ६ महिनाको साधारण कारावासको सजाय सुनाएको छ । यस्तै उनलाई धारा ३०२ अर्थात हत्याको लागि आजीवन कारावास र ८ महिनाको साधारण कारावासको सजाय सुनाएको छ । त्यहाँ एक गाउँमा सरपंचको घरमा काम गर्ने राउतले २०१९ मार्च १९ का दिन पीडित महिलालाई बलात्कार गरेर हत्या गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *