एचआइभी संक्रमितले जानीजानी कैयौं महिलाहरुसँग शारीरिक सम्बन्ध राख्दै हिँडेपछि…

डिसी नेपाल
१० साउन २०७८ १२:२८

काठमाडौं। आफू एचआइभी संक्रमित भएको जान्दाजान्दै कैयौं फरक–फरक महिलाहरुसँग शारीरिक सम्बन्ध बनाएर उनीहरुलाई एचआइभी संक्रमित गराउने एक व्यक्तिलाई सजाय सुनाइएको छ । अमेरिकाको फ्लोरिडाका ती युवकलाई २ वर्षको जेल सजाय सुनाइएको हो । यी युवक एचआइभी संक्रमित हुन् तर शारीरिक सम्बन्धको क्रममा उनले कुनै पनि महिलालाई आफू संक्रमित भएको जानकारी दिएका थिएनन् ।

उनकी गर्लफ्रेण्डले सबैभन्दा पहिले उनको कर्तुतको खुलासा गरेकी हुन् । न्यूयोर्क पोस्टका अनुसार २७ वर्षका जेन्ट्री बर्न्स नामका युवककी पूर्व गर्लफ्रेण्डले पुलिसमा उजुरी दर्ता गर्दै २०१३ मा डेटिङका समयमा आफू एचआइभी संक्रमित भएको बताएकी थिइन् । यस मुद्दामा भोलुसिया काउन्टी शेरिफ कार्यालयले जाँचपछि आरोप पत्र दायर गरेको थियो ।

त्यसपछि ती पीडित महिलाले जेन्ट्री बर्न्ससँग डेटिङ गरेका अरु महिलाहरुसँग सम्पर्क गर्ने कोसिस गरिन् ताकि ती महिलाहरुलाई जेन्ट्री एचआइभी पोजेटिभ छन् भन्ने कुरा जानकारी दिन सकियोस् । जाँचकर्ताले मेडिकल रेकर्डबाट जेन्ट्री २०१४ मा एचआइभी संक्रमित भएको पुष्टि भएको पत्ता लगाए । तीन महिलाहरुले आफूहरु जेन्ट्रीसँग यौनिक गतिविधिमा सहभागी भएको र एचआइभी संक्रमित भएको बताए । त्यतिबेला उनीहरुलाई जेन्ट्री एचआइभी संक्रमित भएको थाहा थिएन ।

यस क्रममा कम्तीमा २ जना महिला एचआइभीबाट संक्रमित भएको पाइएको थियो । २०१७ मा बर्न्ससँग डेट गरेपछि २०१७ मा एक महिलालाई संक्रमित पाइएको थियो । पुलिसका अनुसार बर्न्सले कैयौं अरु सहरको पनि यात्रा गरेका थिए । यस क्रममा उनले अन्य सहरका महिलासँग पनि सम्बन्ध बनाएको हुन सक्ने आशंका गरिएको छ । यस विषयमा सोधपुछपछि जाँच गरिनेछ ।

अमेरिकामा करिब १.२ मिलियन मानिसहरुलाई एचआइभी छ । यीमध्ये १३ प्रतिशतलाई आफू संक्रमित भएको थाहा छैन । फ्लोरिडाको कानुन अनुसार एचआइभी स.क्रमित भएको थाहा पाएपछि शारीरिक सम्बन्ध बनाउनु कानुनी रुपमा अपराध हो । अमेरिकाका अन्य २१ राज्यमा पनि यस्तै किसिमको कानुन लागू गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *