कथा : जीवन खोजौं, मृत्यु नरौजौं

डिसी नेपाल
२३ साउन २०७८ ८:१२
800
Shares

म १९ वर्षकी भएँ। बीबीएस पढ्थें। नोवेल कोरोना भाइरस (कोभिड–१९)ले रोकिएको त्रिभुवन विश्वविद्यालयको बीबीएस प्रथम वर्षको परीक्षा बल्ल तल्ल तीन वर्षपछि सुरु भयो। परीक्षा सोचे जस्तो भएन। धेरै नै बिग्रियो। कोठामा आएँ। एकछिन सोचेँ। सबैको परीक्षा राम्रो भयो मेरो मात्र बिग्रियो। मत कलेजको ट्यालेन्ट विद्यार्थी। घरकी ट्यालेन्ट छोरी।

उफ्फ! गर्मी!

सोच्दै गएँ। अब म अनुत्तीर्ण हुन्छु । अनुत्तीर्ण भएँ भने शिक्षकहरुलाई के भन्ने? यो त्रिविले पनि कति झ्याउ ग¥यो। अरु सबै विश्वविद्यालयमा समयमै अललाइन परीक्षा भए। ठीकै गरे। घरमा बा–आमालाई, साथीभाइलाई के भन्ने? यस्तै–यस्तै के–के आयो मनमा। त्यसै हुरी चल्यो भित्रभित्रै। यत्तिकैमा मलाई बाँच्न मन कत्ति पनि लागेन।

त्यसबाहेक दिमाग शून्य भयो। एक्लै थिएँ। कसले सम्झाउने? हतार–हतार एउटा कागजमा पत्र लेखेँ। आफैंद्वार गरिएको आफ्नै हत्याको साक्षी पत्र अर्थात कारणसहितको ‘सुसाइड नोट’। मेरो कच्चा, तातो रीसले आगो भरिएको दिमागमा आयो त केवल मृत्यु, आत्महत्या। कोठाकै सिलिङ फ्यान हेरेँ। डोरी लगाएँ। त्यसमै झुण्डिए मरेँ। कति सजिलै मरेँ पत्तै भएन।

मैले सोचेँ म मरेपछि सब ठीक हुन्छ। मैले म फेल भएको कलेज, घर–परिवारमा फेस गर्न पर्दैन। घरमा ट्यालेन्ट छोरी फेल भाको देख्न त पाउँदैनन्। सबै खुसी हुन्छन् तर अह त्यस्तो केही भएन। सेतो कपडाले ओढाएर फूलमाला अबिरले रङ्ग्याइयो। जलाउनलाई तयार पारेर राखेको दाउराको खलियोमाथि लम्पसार परेर सुतेकी मलाई मेरो आमाबाबा हेर्न मन लाग्यो, दुवैको अनुहार।

आवेगमा आएर कुनै पनि कुराको निर्णय नलिनू है। जन्मेपछि एकदिन मर्न त पर्छ नै तर यसरी आफैंलाई नमार्नू है। मर्नुअघि यस्तो काम गरौं कि जसले नाम अमर होस्। आम मानिसको मनमा रहनु सकौं । आत्महत्या कुनै समस्याको समाधान हैन रैहेछ। झन् समस्या थपिदिने रैछ। बिन्ति छ, जीवन रोजौं जीवनलाई सक्न नखोजौं।

मेरो शरीर दाउराको हारमा लडाइएको थियो। आमाको आँखामा बलिन्धारा आँशु थिए। बा नजिकैको खम्बा समाइ निहुनिएका थिए। निक थकित भए जस्तै। सायद मेरो बा–आमा जीवनमा पहिलोपटक यतिधेरै थाकेका थिए। मेरी दिदीबहिनी, दाजुभाइ मेरो लासको अघि उभिएर मलाई हेरिरहेका थिए।

मैले जे सोचे आज ठीक उल्टो भैरहेको थियो। मैले त जिन्दगीमा सबैलाई ठीक हुन्छ सोचेकी थिएँ तर आज मेरो परिवार रोइरहेका छन्। झन् दुःखी बनाएकी छु। मेरो बेस्ट फ्रेन्ड ऊ मलाई गाली गर्दै थिइ। भन्दै थिइ, ‘धोकेबाज निस्किस है।

मित्रता निभाउन जानिस खुब तैंले। अघिसम्म त कहिल्यै नछुट्ने जसरी हात समातेर आएकी थिइस्।’ यस्तै बोल्दा बोल्दै उसका आँखा पनि रसाए। मेरा सबै साथीहरु मेरै कुरा गर्दै थिए। सबै अचम्मित थिए। जो केही समय पहिले परीक्षा हलमासँगै थिए।

फेसबुकको वालभरि मेरै फोटोहरु मात्रै थिए। अब मलाई त्यो दाउरा को हारमा लडाइएको ठाउँबाट उठ्न मन थियो तर अँह, म सकिरहेकी थिइनँ। म सबै सुन्न सक्थ्येँ तर म बोल्न सकिरहेकी थिइन। यतिकैमा मलाइ जलाइयो।

म बा, मेरा कलेजमा गुरु मेरा आफन्त सबैलाई भन्न खोजिरहेकी थिए मलाई माफ गरिदिनुस् म जल्न चाहान्न तर ढिला भैसकेको थियो। म जलेँ । मेरो शरीर एकिछिनमा खरानीमा परिणत भयो। दिन बित्दै जाँदा मेरो नाम हराउँदै गयो। अझै पछिका दिनहरुमा म सबैको मनबाट बिलिन हुँदै जानेछु, बिस्तारै–बिस्तारै।

मलाई पश्चाताप लाग्यो। परीक्षा त मैले अर्को वर्ष दिन सक्थेँ तर जिन्दगी? अहँ! अब म फेरि–फेरि चाहेर पनि दिन पाउँदिनँ। आत्हत्या सबै कु्राको समाधान रहिनछ नि! अब म फेरि मेरा बा– आमाको काखमा कहिले लडिबुडी खेल्न पाउने? मेरा प्यारा गुरुहरु, साथीभाइ, आफन्तसँग कहिले रमाउन पाउँछु ? परीक्षा फेरि दिन पाउथेँ तर त्यो जिन्दगीलाई विदाइ गर्न पुगेँ । आखिर किन गरेँ मैले यो सब । अब म केही गर्न सक्दिनँ नि है!

मैले आफूलाई कति सजिलै मारे। म यतिकैमा सकिएँ।

अन्त्यमा, आवेगमा आएर कुनै पनि कुराको निर्णय नलिनू है। जन्मेपछि एकदिन मर्न त पर्छ नै तर यसरी आफैंलाई नमार्नू है। मर्नुअघि यस्तो काम गरौं कि जसले नाम अमर होस्। आम मानिसको मनमा रहनु सकौं । आत्महत्या कुनै समस्याको समाधान हैन रैहेछ। झन् समस्या थपिदिने रैछ। बिन्ति छ, जीवन रोजौं जीवनलाई सक्न नखोजौं।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *