ओलीको आरोप : सभामुख एमाले सिध्याउन खाेज्नेकाे मतियार बने
काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएका छन्।
एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख सापकाेटा एमाले सिध्याउन खाेज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ।
एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment