बैठक र भ्रमण खर्चमा १० प्रतिशत कटौती गरेर खोप खरिदका लागि ५ अर्ब

डिसी नेपाल
२५ भदौ २०७८ १७:२१

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैठक भत्ता, ईन्धन, मर्मत, कर्मचारी तालीम खर्च, सीप विकास तथा जनचेतना तालीम र गोष्ठी सम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्च शीर्षकमामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८र८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले चालु खर्चतर्फ १० प्रतिशत कटौती गरी सो रकम कोभिड उपचारको लागि जम्मा गर्ने बताएका छन् ।

यसरी खर्च कटौती गर्दा तत्काल बचत हुने ५ अर्ब कोभिड १९ को खोप खरिदका लागि उपयोग गर्ने प्रबन्ध मिलाएको बताए । उनले हालसम्म १ करोड ३३ लाख ६९ हजार खोप नेपाल भित्रिसकेको र ३ करोड खोप भित्रिने क्रममा रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *