ओमनसँग नेपाल ५ विकेटले पराजित

डिसी नेपाल
२९ भदौ २०७८ २३:०७

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमनसँग नेपाल ५ विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९७ रनको लक्ष्य पस्किएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रनको लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए भने रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए । यस्तै कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए ।

बिक्रम सोबले २ रनमात्र बनाउन सके । करन केसीले २१ रन बनाए । सुसन भारी २ रन बनाए । नेपालले ७ रन अतिरिक्त प्राप्त गरेको थियो

यसअघि पपुआ न्यू गिनी, अमेरिका र ओमनसँग मैत्रीपूर्ण एकदिवसीयको खेल खेलेको नेपालले अब आइसीसीको यो प्रतियोगिता अन्तर्गत १ खेल खेल्नेछ ।

यो लिगमा नेपालले अहिलेसम्म ७ खेल खेलेको छ । ७ खेलमा ४ जीत र ३ हारका साथ नेपाल अघी बढेको छ । नेपालले आइतबार ओमनसँग अर्को खेल पनि खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *