चार महिनापछि बेसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालन

डिसी नेपाल
१ कार्तिक २०७८ २०:२७

काठमाडाैं । गत १ असारको बाढीले अवरुद्ध बेसीसहर–चामे सडक चार महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले आइतबारबाट अवरुद्ध सडक चार महिनापछि सञ्चालनमा आएको हो। बेसिशहरदेखि चामे हुँदै माथिल्लो मनाङको खाङसारसम्म सवारी पुग्ने भएपछि बेसीसहरका व्यापारीसमेत सामान पठाउन सहज भएको भन्दै उत्साहित बनेका छन् ।

सडक अवरुद्ध हुँदा मनाङ जान तथा आउन हेलिकोप्टरको भर पर्नुपरेको थियो । यसअघि चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने भ्राताङ भिरको सडक मर्मतपछि माथिल्लो मनाङको सडक पनि सञ्चालनमा आएको थियो ।

बेसीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भएपछि आइतबारबाट पूर्ण रूपमा सञ्चालननमा आएको हो । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडकसम्पर्क विच्छेद हुन पुगेको थियो ।

मनसुनको सुरुवातमै आएको बाढीपहिरोले मनाङमा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । ६५ किलोमिटरको बेसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व ०५१/०५२ मा बेसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्र्याक खोलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *