कथा : गर्भवती समलिङ्गी

डिसी नेपाल
३ पुष २०७८ ८:३७
224
Shares

अबला र सबलाले कानूनी विवाह गरे। घुमीघुमी हनीमून मनाए। समय, परिवेशको क्षणको उर्जालाई पूर्णतः आत्मसात् गरेर वैवाहिक जीवन भोग्दै रहे। केही मानव जान्लान् समलिंगी सुन्दरीको जोडीभित्र एकमा भालेपनको मात्रा चढेको हुन्छ भने अर्कोमा पोथी तत्वको मात्रा प्रवल। यर्थाथमा जीवन भोग्न सक्नु नै सफलता हो र भोग्न जान्नु पनि कला हो। यसका लागि पनि सायद सम्पत्ति र सुरक्षा चाहिन्छ।

अवलाले केही जोडिन किनकि चल सम्पत्तिबाहेक उसँग केही थिएन। उसँग थियो त मात्र जवानी र रुप। सवलाले पनि उबाट कुनै अन्य कुनै कुराको अपेक्षा राखेकी थिइन किनभने अवलाको प्रस्फुटित जवानी र रुप नै उसका लागि दुर्लभ प्राप्ति थियो। ऊ बाबुको सम्पत्तिबाट भाइ सरह अंश पाउन सक्थी । संघीय राज्यले त्यो विधि पारित गरिसकेको थियो।

अवलासँग विवाह गरेर सवला घरमा गई। उसले अवलासँग विवाह गरेको जानकारी दिई। पैतृक सपत्तिको माग गरी। अंश चाहिन्छ भनेर मुख खोली। भाग छुट्याइदिन माग राखी।

मेजर शेरे साउद अवाक भयो। जव उसको बोली खुल्यो अंश दिन निषेध गर्यो। नयाँ संविधानले सिंहदरबार गाउँ गाउँमा पु¥याएकै थियो। सवलाले शेरे साउदका नाममा अंश मुद्दा हाली। बाबु छोरीबीच मुद्दा चल्यो।

लोकल सिंहदरबार गाउँमा डबल शक्ति लिएर आएको थियो। मुद्दा पर्यो कि तेस्रो दिन टुङ्गिन्थ्यो। टुङ्गियो । सबलाले बाबुको पूरा सम्पत्तिबाट तीन भागमा एक भाग पाई। बाँकी दुई भाग बाबुआमा र भाइका नाममा छुट्टियो।

सौन्दर्य र वैवाहिक सुखको अनमोल क्षण हो जवानी। त्यसैले रत्तिभर खेर जान पाउंदैन त्यो क्षण यौवन विलासमा अनुरक्त जोडीबाट। हो, पनि, यौवनविलाका मुहर्त र क्षणहरु अविराम चल्दै रहे। बित्तै गए।

अबलालाई विरहमा पारेर सबला एकपटक मात्र नौ साताका लागि टूरमा निस्की। समलिंगी विवाह र बैवाहिक सुख भन्ने बिषयमा भाषण, तालिम, डकुमेन्ट्री र प्रयोग‐प्रदर्शनको नाटकीय अभ्यासको कार्यक्रम आफैंले सञ्चालन गरेर टुंग्याई। नौ ठाउँमा ऊ सफल रही। आफूले चलाएका सबै कार्यक्रमको भिडियो चित्र पनि उसले समेटी।
उता अबलाले एउटा युवा साथीलाई बोलाई।

यौवन विलासको समयमा गरिएका अनेक भावमुद्रा, आसनहरुको चित्र र मन्थनको सुरुचिपूर्ण एकाग्रता अनि पूर्णतापछिको परितृप्तिलाई चित्रबद्ध गरेकी छैन र क्यामेरामा? कदाचित एक्लिनु पर्यो भने बाँच्ने आशा‐तन्तु त होला नि आफ्नै क्यामेरा र फोटो ग्यालरीमा। त्यति हार मान्नै पर्ने स्थिति र ब्यग्र हुने कारण त नहोला कि? उसले आफैंलाई निश्चिन्त राख्ने यत्न गरी।

वास्तवमा ऊ पूर्ण पोथी गुण भएकी सुन्दरी थिई। पुरुष शरीरसँग गरिने स्पर्श, चुम्बन, घर्षण र इन्द्रीय मन्थनको रहर र तीर्खा लुकाएरै बसेकी थिई ऊ सबलासँग। उसको अनुपस्थितिमा यथार्थ वा प्रकृत ढंगले युवा पुरुषसँग यौवन केलीमा स्वाद लिएर मनग्गे डुबी, अविश्रान्त।

गणित गर्न बिर्सिछ। अब गणित गरी। ऊ गर्भवती भइछ। क्लिनिकले पोजिटिभ रिपोर्ट दियो। सायद नेगेटिभ रिपोर्टको कामना हुँदो हो। तर, अवलाले पुरुष शरीरसँग इन्द्रीय मन्थनको चाहना उत्कृट थियो या मातुत्व धारणा गर्ने प्रवल कामना? या मात्र शरीरको भोग कि मनको तीर्खा? के चाहिँ हो यो? प्राथमिकता कुन्? सही गणित बसाउन सकिन उसले।

लुकाउनु पर्ने पनि थिएन। संकोच पनि थिएन् र डर पनि होइन। सवलाले जान्न खोजेको खण्डमा सुहाउँदो र वस्तुगत उत्तर दिन तयार थिई। तै पनि ऊ बन्ने भन्दा बिग्रने कुराको आशंका गरेर प्रतीक्षा गरी।

सवला तोकिएको समयमा फर्केर आई। टेलिफोनमा भनेको समयभन्दा अझै आधा घण्टा चाँडो थिई। फेरि वैवाहिक सुखको क्षण शुरु हुने गणित गर्दै ऊ आएकी थिई । तर, स्थिति अर्कै थियो। उसले सवै कुरा थाहा पाई । यसले पनि कुनै कुरा लुकाइन । क्लिनिकका चिठीहरु अगाडि नै थिए। त्यसैले हिजोको कुरा होइन अबको लागि विमर्श हुनु थियो । शुरु भयो‐ किन्तु सद्भावले, आत्मीयताले र ममताले।

तिम्रो विचार के छ अवला, गर्भपात गछ्र्यौ कि हुर्काउछ्यौ ?
पुरुषको भावले सवलाले सोधी ।

‘तिमी के भन्छौं तिम्रो विचार जान्न चाहान्छु।’ नारी भावले प्रतिप्रश्न गरी अबलाले।

‘छोरा हो कि छोरी हो, त्यो जान्न त पर्खनु पर्ला नि।’

‘म त्यो जान्नै चाहन्न, न जान्नु नै ठिक छ। नो टेन्सन।’

‘अव तिमी भन, यो सन्तान चाहान्छ्यौ कि चाहान्नौं?’ अबलाले सोधी।

‘म त अविभाजित प्रेम, सिंगो समर्पण र एकाधिकार चाहन्छु।’ सबलाले दृढता व्यक्त गरी।

‘त्यो त तिम्रो पुरुष वोधको उद्गार हो।’ अवलाले भनी।

‘होला तर मेरो चाहना सन्तान पाउने पोथी शरीर होइन।’

‘तर म त्यस्तो हुन सकिन। त्यो मेरो दोष पनि हो। कमजोरी पनि हो। त्यसैले तिमी जे भन्छ्यौ म मान्न तयार छु। तर, गर्भपात चाहिं नगरौं । थोरै स्वार्थ त्यागेर हामी एउटा मानव हुर्काउँ न मिलेर हुन्न? अबलाले स्मिति लिएर थपी, म आमा भए“, तिमी बाबु भइदेऊ न त्याग र सेवाबाट जुन सुख मिल्छ त्यो कतै तुलना गर्नै सकिन्न।’
सबला एकोहोरो सुन्दै रही।

उता अबलाले एउटा युवा साथीलाई बोलाई। वास्तवमा ऊ पूर्ण पोथी गुण भएकी सुन्दरी थिई। पुरुष शरीरसँग गरिने स्पर्श, चुम्बन, घर्षण र इन्द्रीय मन्थनको रहर र तीर्खा लुकाएरै बसेकी थिई ऊ सबलासँग। उसको अनुपस्थितिमा यथार्थ वा प्रकृत ढंगले युवा पुरुषसँग यौवन केलीमा स्वाद लिएर मनग्गे डुबी, अविश्रान्त।

अबलाले थपी, ‘तिम्रो दृष्टिमा शायद म तल परें, चुकें। तर किन हो म चुकें भन्ने लाग्दैन बरु हाम्रै लागि बाटो सहज हुने भो भन्ने ठानेकी छु। मेरो कल्पना र सिर्जनामा तिम्रो स्वास र श्रम रोपिएको छ र मैले त्यसैलाई स्नेह, ममता र बल्सलभागले हुर्काउँदैछु भन्ने ठानेकी छु। त्यसैले यसलाई मेरो होइन हाम्रो भन्न मिल्दैन? के सोच्तै छ्यौ सबला?’
‘यसको बाबु नि ?’

‘बाबु चाहिँदैन। चाहिए तिमी नै बाबु भइदिनू। तिमीलाई नै बाबु भन्न सिकाउँछु र चिन्हाउँछु। के फरक पर्छ र? हैन भने हाम्रो सन्तानलाई नै भन्ने गरौंला नि माइधारबाट टिपेर ल्याएको भनेर।’

‘हैन बाबु नै चाहिए एउटा दुई खुट्टे उभ्याउंला नि खोजेर। यो के चिन्ताको विषय भो र?’

सबला आफैंमा केन्द्रित भई। कुनै सोचमा डुबेझैं देखिई।

उसले गुनी‐ ‘कदाचित हामीबीच सम्बन्ध विच्छेद हुने स्थिति आयो भने मसँग भएको सम्पत्ति पनि विभाजित होला नि फेरि । त्यो त मैंले बाबुबाट पाएको अंश र त्यसैको विकास हो।’

विभाजन गर्नै पर्छ र? उसले कति नै ल्याएकी थिई र त्यो त चल सम्पत्ति थियो खर्च भैगो। धेरैजसो त हनिमून टूरमै खर्च भो क्यार, खै।

तर अबलाले पृथक सोची, ‘यदि सबलाले यो सन्तान स्वीकार गरिन भने उसको र मेरो सम्बन्ध विच्छेद पनि हुन सक्ला । फेरि मैंले यो बालकसंगै एक्लिनु पर्ला।’ अनि एकछिन चिन्तित भई र त्यसपछि फेरि साहस जुटाएर मनमनै भनी,‘ तब त बालकको बाबु चिनाउनै पर्ला नि।

छन् नि आधारहरु सुरक्षित। हो नि, यौवन विलासको समयमा गरिएका अनेक भावमुद्रा, आसनहरुको चित्र र मन्थनको सुरुचिपूर्ण एकाग्रता अनि पूर्णतापछिको परितृप्तिलाई चित्रबद्ध गरेकी छैन र क्यामेरामा? कदाचित एक्लिनु पर्यो भने बाँच्ने आशा‐तन्तु त होला नि आफ्नै क्यामेरा र फोटो ग्यालरीमा । त्यति हार मान्नै पर्ने स्थिति र ब्यग्र हुने कारण त नहोला कि? उसले आफैंलाई निश्चिन्त राख्ने यत्न गरी ।

सबलाले मौनता तोडी, ‘के गन्दै छ्यौ अबला?’

‘सोच्तै थिएँ तिमी के निष्कर्ष दिन्छ्यौ?’

मेरो भनाइ यत्तिमात्र हो तिम्रो प्रयोग कसैले नगरोस्, दोहन न होस् र यो सन्तानको भविष्य सुनिश्चित र आलोकपूर्ण होस् भन्ने कामना गर्दछु। त्यसैले यो सन्तान हाम्रै काखमा, हाम्रै फूलबारीमा हुर्कियोस् रमाओस् भन्ने निष्कर्षमा पुगेकी छु। अब तिमी भन आफ्ना कुरा।

‘तिम्रो उदार उदात्त सोचप्रति म कृतज्ञ छु। नतमस्तक छु। तिमी ऐलै ठूलो छहारी भइदियौं। वास्तवमा तिमीभित्रको भालेपन पुरुषतत्वको द्योतक हो, त्यसैले म तिम्रा अगाडि पूर्ण नारी भएर विकसित हुन पाएँ। यो पनि मेरो लागि सौभाग्यको कुरा हो।’

उसले अर्को सन्दर्भ जोडेर भनी, ‘तिमीले यो सदाशय न देखाएको भए म ठाडै सडकमा पुग्ने थिए“। तिम्रो सद्भावले म जोगिएँ। शायद तिमीसंग बाबुको शक्ति र मसंग आमाको दुर्वलता देखिएला। यस्तो ठान्नुपर्ला कि?’ अव भन भविष्यमा कुनै मानव यस बालकको बाबु म भन्दै आइलाग्यो भने के गर्ने?

म योजना बनाउँछु के गर्नुपर्छ । त्यस्तो नहोला पनि । त्यस्तो असमान्य स्थिति आयो भने म तिम्रो सल्लाहअनुसार नै गर्छु। धेरै अप्ठ्यारो स्थिति ल्याउने भो भने गम्भीर हुनुपर्ला नि । ईश्वर गरुन् त्यस्तो नहोस्।

त्यसपछि नयाँ सन्तानको आगमनको प्रतीक्षमा दुबै पर्खदै रहे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *