कथा : म एन.आर.एन. हुँ – Dcnepal

कथा : म एन.आर.एन. हुँ

मातृभूमिको एयरपोर्ट बाहिर टेक्नासाथ एक्कासि कायराले मेरो गर्धनमा झुण्डिएर ‘किस’ गर्दै मागिहालिन्-‘मेरो गिफ्ट खै त भिनाजू?’

उनीलाडे पल्टिएर मिश्रित स्वर उराल्छिन्-‘मलाई त यहीँ चाहिन्छ है भिनाजु। हजुरको घरमा सामान पुगेपछि त के हो, के हो। दिनेभए दिनूस् र नत्र म त..!’

-‘कसलाई केको धन्दा, टाढाकी सालीलाई आइफोनको धन्दा भनेको यही हो!’ अलिपछिल्तिर बसेकी निर्मलाले प्याच्चै भनिदिइन्। निर्मला मेरो कान्छा ससुराकी एक मात्र छोरी हुन्। कायरा चाहिँ फुपूकी छोरी।

निर्मला एक हस्पिटलमा नर्स छिन् भन्ने कुरा मलाई पनि थाहा थियो। तर कायरा? अहँ, जानकारी थिएन। भावनाका अभिभावकहरूको रोजाइको केटो म परेँ। त्यसका दुई कारणहरू थिए। पहिलो त एन.आर.एन.भइहाल्यो। त्यो पनि पी.आर.प्राप्त।

दोस्रोचाहिँ म घरको यौटै छोरो हुँ। यद्यपि, मभन्दा माथि सात जना दिदीहरू छन्। मेरी हुनेवाली दुलही भावन। बल्लतल्ल ब्याचलर्स उत्तीर्ण। अति आवश्यक ‘स्किल्स’ का सर्टिफिकेटहरू त हुने नै भइहाले। नत्र त एन.आर.एन.को सपना देख्ने कसरी?

बैँस ढल्किन ढल्किन लागेकी भएपनि असाध्यै राम्री। उनको तस्वीर देख्दा नै म उनीप्रति आकर्षित भएको थिएँ। ‘लाइभ फेस’ देख्दा त झनै सुन्दरी देखेँ। के भएको.मलाई ? मेरो हेराइ राम्रो भएको हो कि ? भावनाको रूप नै त्यस्तो हो?

त्यसो त म पनि ‘बूढो कुमार’ न परेँ। त्यही भएर छोरीलार्ई यही वर्षभित्र हुत्याइ हाल्नुपर्छ भन्ने विराट् चाहना थियो, बाबु गुञ्जमानको। कारण, सन्तान जन्माउन ढिलो भइसकेको थियो। फेसबुकको करामत थियो सबै।

केटा र केटीको चिनापर्ची गराउने मेरी साहिँली दिदी थिइन्। वास्तविक लमी चाहिँ फेसबुक भइहाल्यो। फेसबुक थियो र पो हामीलाई ‘च्याटिङ-डेटिङ’ गर्न ‘इजी’भयो। नत्र त चिठीकै भर त हो। एक जमानामा ‘पेन-पल’ गरिन्थ्यो। उही क्या त, पत्र—मित्रता। आजको फेसबुक त्यही ‘पेन-पल’ को विकसित रूप त रहेछ।

म नेपाल आएपछिको एक रात। हाम्रो घरमा ‘ग्यादरिङ’ गरियो। त्यही दिन मलाई मनग्गे जानकारी मिल्यो—नेपालमा आधुनिक समाजको विनिर्माण कसरी कसरी भइरहेछ भन्ने कुरा। त्यसैको एक कडी थियो, हाम्रो घरको ‘ग्यादरिङ’।

दुवैतिरका मानिसहरूको जमघटमा नातेदारहरू पनि मनग्गे थिए। हाम्रो ‘ग्यादरिङ’ मा अचम्मको दृश्य देखेँ! अचेलका केटाहरूको कुरै अर्को भइसकेछ, नपाली समाजमा! ‘प्लस टु’ देखि नै ‘लभ’ को चक्कर । जात हैन, अभिभावकहरूको छनोट एन.आर.एन.।

रातको एघार बजेतिर मेरो कोठामा बेहुली—बेहुला मात्रछौँ। ममायाले बेहुलीको गालामुसार्दै जिस्किन थाल्छु। ठट्टिन थाल्छु। भावनालाई त मेरो कुराले डसिरहेझै लाग्थ्यो। निकै बेरपछि उनले राजसीभाषामा भनिन्-‘हजुर सुतिस्योस्। दिनभरिको थकाइपनि होला। म पछि सुत्छु।

हिन्दी ‘सिरियल’ को नक्कल। ‘फोटो शुट, मेहेदी रसम, सगीतकार्यक्रम, मालाआदान-प्रदान कार्यक्रममा मिनीजन्ती, पार्टी प्यालेसमा जग्गे। कन्यादान जस्तो थोत्रो चलनको अंगीकार, एकादशीको दिनमा पनि गिध्दे भोजन, गहना र पोशाकमा अस्वस्थ प्रतिस्पर्धा।

लुकाएर बिहेपूर्व नै दाइजो प्रदान, दर्शन-भेट कार्यक्रममा दुलाहाका नातेदारहरूलाई समेत सुनैसुनका गहना प्रदान।’ आदिआदि।

तैपनि बिहे भएको ६ महिना नपुग्दै ‘डिभोर्स’! के सिकाइरहेका छन् नेपालका ‘दर्शनाचार्य, समाजशास्त्री’हरूले? यहाँको ‘युनिभरसिटी’ त ‘पोलिटिकल स्पट’ भैसकेछ!
मेरी कान्छी फुपूको नातिसमेत वियरको चुस्कीलगाउन सक्ने भइसकेछ भनेपछि नेपाल कहाँ पुगेछ त? मेरी साहिँली दिदी जसका सबै छोरा बुहारीहरू एन.आर.एन हुन्, तिनले नाचेको देखेर मलाई नै लाज लागेर आयो!

साहिँली दिदीले मदिराको तालमा मलाई चेताउनीको भाषामा भनिरहेकी थिइन्—‘तैँले राम्रोसँग ख्याल गरेस् भाइ। यो कुटुम्ब गुमाउने काम नगरेस् तैँले। जे गर्छे, यो साहिँलीले गर्छे। कि कसो गाइज?’

– ‘हो दिदी, हो। हजुरले भन्नुभएको कुरा सोह्रै आना सत्य हो।’ सबैभन्दा पहिले जेठी फुपूको कान्छो छोराले सहमति जनाए। म कस्तो छु, के छु, ममा रोग छ कि छैन, तीयावत कुराहरू गौण थिए।

‘छोरी पनि एन.आर.एन.हुने भई। सन्तानको त झन् कुरै गर्न परेन।’ बस्, गुञ्जमानजीको परिवारको एक मात्र सपना-जपना त्यही थियो।
मेरा अभिभावक भनेका दिदी-भेना, फुपू-फुपाजु आदि मान्यजनहरू नै हुन्। ड्याडी खस्दा म भर्खर पाँच वर्षको रहेछु। त्यसको ठीक तीन वर्षपछि ममीलाई कालले लग्यो। मजस्तो बाल-टुहुरोलाई उनीहरूले खर्चेको मिहिनेत र पसिनाको अवमूल्यन मैले कसरी गर्न सक्थेँ र?

ओछ्यान फेरिएर हो वा कल्पनाशीलताको चुचुरो बेसरी अग्लिएर हो, यहाँ सुतेदेखि मलाई निद्रै परेन। राति भावनाको मोबाइलमा बल्लतल्ल स्वर सुन्न पाएँ तर ‘क्यामेरा अन’ गरिनन्। म उता हुँदा त दिनको सात पटकसम्म कल गरेर हैरान पार्थिन्।

त्यस्तैमा जग्गेतिर होहल्ला सुरू भयो। ए, सालीनानीहरूले बेहुलाको जुत्ता चोरिसकेछन्! सालीनानीहरूको उपद्रो हेर्न लायकको थियो। ‘डिमान्ड’ निकै उच्च! त्यो पनि हरिया डलर! किन कि म एन.आर.एन.हुँ। उत्श्रृङ्खल केटीहरूको अर्को खेल पनि हेरी नसक्नुको थियो!

तर यहाँत नखरा देखाइन्—‘म त हुनेवाली दुलही रानीपो त। त्यत्तिकै मेरो बोली खेर जानदिन्छु र म।’ मैले पनि झोक्कैले जवाफ फर्का इदिएँ—‘ठीकै छ। यसको बदलालिने रात पनि त आऊला मैया । हेहेहे…। हेहेहे…।’ अघिल्लो रात गिज्याएको कुफलमलाई भोलिपल्टै मिलिहाल्यो। निर्मलाले त भनेकै थिइन्—‘अनावश्यक चीजमा पैसा मासेर हुनेवाला श्रीमान्लाई धेरै दुःखनदे न दिदी। बिचरा भिनाजु।’

निर्मलालाई हपार्दै कायरा जान्ने भइन्—‘तँलाई मायालागे तँ केहीपनि नलिई न। हामी त लिन्छौँ हैन त भावना?’ मलाई निर्मलाको असाध्यै माया लागेर आयो। महँगो ‘सपिङ’ र पाँचतारे होटलको खाजाले मलाई भसक्कै बनाइ दिए भावना, कायरा र अरू दुइ साली नानीहरूले। साली नानीहरूको दृष्टिमाम त ‘ए ट्रीअफडलरर्स’ कहलिएँ। त्यसमा निर्मला अपवाद रहिन्।

यसोयसो गर्दै भावना र मेरो टीकाटाला गर्ने दिनपनि आइपुग्यो। भावनाको सिँगारपटारमा निर्मला खटिएकी थिइन्। तर कायराले निर्मलाको श्रृङ्गार—कलालाई ‘डेट एक्सपाएर स्टाइल’ भनेर हियाइदिइन्। वास्तवमा भावना त ‘नेचुरल बिउटी’हुन्।

तर कायराले आफ्नो ‘मेकअप’ का लागि मेरो ‘पर्स’ नै ‘हाइज्याक’ गरिदिइन्। मैले माथि भनेभैmँ टीकाको कार्यक्रमपनि निकै विलासीपूर्ण थियो, पाँचतारे होटलमा। मेरी साहिँली दिदीले ‘मिनीजन्ती’ नै लगेकी थिइन्।

कोहीभन्दै थियो—‘उहिले उहिलेका केटाकेटीको बिहे ‘भाँडाकुटी खेल’ जस्तो! अहिलेका ठेउका—ठेउकीको बिहे ‘पैसाको भेल’जस्तो!’ कुरा ठीकै हो। होटलको फूलबारीमा ‘फोटो—कुमार’ र ‘टिकटक—कुमारी’हरूले भयंकर ‘लीला’ मच्चाएछन्!

त्यसको हर्जाना दुलहीहरूले तिर्नु प¥यो। ‘तामझाम नगरौँ’ भन्दाभन्दै मेरी साहिँली दिदीले मान्दै मानिनन्।

बिहेको खर्च बराबरी गर्न चाहेँ। त्यो पनि भएन। मैले भावनासँग एकान्तमा कुरा गर्ने प्रस्ताव राखेँ। मेरी साहिँली दिदी जो लमी भइखाएकी थिइन्, उनैले मञ्जुरी दिइनन्।
मैले रातिफोन गरेर भावनासँग मेरो मनको कुरा पोखेँे— ‘हाम्रो बच्चाको प्लानबारे के सोचेकी छौ भावना? भोलि एकान्तमा बसेर छलफल गरौँ न।’

-‘बिहे गर्नु कहिले कहिले बच्चा पाउने अहिले!’ भावनाले आश्चर्यवाचक चिन्ह उभ्याइन्! भावनाको पारा देखेर मेरो मन खिन्नभयो। म कुरा गर्न चाहिरहेको थिएँ तर भावनाले बीचैमा मोबाइल फोन काटिदिइन्। तब मेरो मन सशङ्कित हुनपुग्यो!

मैले तत्कालै साहिँली दिदीलाई कोठामा बोलाएर भनेँ। तर दिदीले ठाडो जवाफ दिइन्—‘सबै कुराहरू त महिनौँ दिनदेखि फेसबुकमार्पmत् नै भइसकेका छन् नि। यो अरू केही हैन, अमेरिकनहरूको संगतको दुश्प्रभाव परेको हो।’

मलाई अरू कुरा केहीपनि थाहा छैन। मलाई छिटोभन्दा छिटो अमेरिका उडाउनु पर्छ। म त एन.आर.एन.बन्ने हो र हजुरसँग अमेरिकामै आनन्दले बस्ने हो।’ भावनाको ठूलो दुर्गुणचाहिँ छिटो सन्तान उत्पादन गर्न हुन्न भन्ने थियो। ढिलो कहिले त? उमेर घट्किसकेको छ। त्यसमाथि मेरी साहिँली दिदीलाई अमेरिकन हैन, नेपाली भदाहा नै चाहिने रे।

बिहेको दिनपनि आइपुग्यो। जन्तीकोे साथमा म बानेश्वरको एक पार्टी प्यालेसको जग्गेसम्म पुग्छु। दुलाहालाई दिने सबै उपहार सामग्रीहरू परोक्षरूपबाट मेरो घरमा पुगिसकेका थिए। मैले दिदीहरूलाई भनेकै हुँ— ‘मलाई केही चाहिँदैन।’

-‘तँलाई नचाहिएर के भो त? हामीलाई त चाहियो नि।’ त्यसरी साहिँली दिदीले सबै दिदी—बहिनीहरूलाई सामान भाग लगाउने दृष्टान्त सुनाएकी थिइन्। मेरो मनले सोच्यो, ‘धनीको चित्त, माखाको पित्त’ भनेको यही होला, सायद!

बेहुला बेहुलीका गोडा धुने कार्यक्रममा लफडा हुने देखेँ। मेरी साहिँली दिदी कराउन थालिन्—‘लौ त नधोऊन् दुलहाका गोडा। अहिलेको जमानामापनि जातभात र उँचनीच भनेर हेलाँ गर्न पाइन्छ? म त पुलिस बोलाउँछु।’

‘पुलिस बोलाउँदा आफूपनि त जान पर्ला नि मामाघरतिर हजुर।’ मेरी दिदीको ओठमुख सुक्ने गरेर दुलहीका मामाले जवाफ दिए। मलाई शंका भयो, दुलहीका बाबासँग मेरी साहिँली दिदीले गोप्य लेनदेन त गरेकी छैनन्?

जग्गेका पुरेतलाई रिस उठेछ र भने- ‘यसरी जातिपातिको बखेडा झिक्नेले किन यत्रो लफडा गरेको? खुरूक्क अदालतमा गएर ‘कोर्ट मेरिज’ गरेको भए त टन्टै साफ हुन्थ्यो। कुटुम्ब उसै जोडिन्न यजमान महाशयहरू।’

पुरेतले दुलाहा र दुलहीतर्फका तीनपुस्ते नामावली-पत्र देखाउँदै बताए—‘हाम्रो कर्मकाण्ड अनुसार र शास्त्रमा लेखिएअनुसार दुलाहा र दुलहीका तीन पुस्तालाई जोड्नुपर्छ। तवमात्र कन्यादानको रीत पूरा हुन्छ। तर यहाँ त दुई फरक फरक जातबीच नाता जोडिँदै छ। म तीतो सत्य खोलिदिऊँ?’

‘भो भो। हजुरले केही खोल्न पर्दैन बाजे।’ हत्त न पत्त मेरा ससुराबुबाले पुरेतलाई थामथुम पारे। त्यसपछि सबै विधिहरू क्रमशः अघि बढ्दै जानथाल्यो।
त्यस्तैमा जग्गेतिर होहल्ला सुरू भयो। ए, सालीनानीहरूले बेहुलाको जुत्ता चोरिसकेछन्! सालीनानीहरूको उपद्रो हेर्न लायकको थियो। ‘डिमान्ड’ निकै उच्च! त्यो पनि हरिया डलर! किन कि म एन.आर.एन.हुँ। उत्श्रृङ्खल केटीहरूको अर्को खेल पनि हेरी नसक्नुको थियो!

बेहुलाका रुमाल खोस्न चारवटी साली नानीहरू हातधोएर लागे। अति भएपछि मैले कायराको हातमा ट्याप समातेर भनेँ—‘यो त भएन नि सालीनानी। चोर्ने भनेको त लुकेर पो हो त। यसरी हाकाहाकी हातबाट खोस्नु त सँस्कृतिमा आएको विकृति हो। यसलाई नेपालीमा ‘डकैती’ भनिन्छ।’

-‘हजुरले सही कुरा गर्नुभयो भिनाजु।’ मेरो ‘सपोर्ट’ मा निर्मलाले भनिन्-‘मलाई त भिनाजुको जुत्ता चोरेको पनि मन परेको छैन।’
निर्मलालाई खाऊँलाझैं गरी अर्की ‘जीरेगान्टी’ सालीले हपारिन-‘ओके, फाइन्। तिमी राजकुमारीलाई चित्त दुखेछ! अलिबेरमा ‘क्यास डिस्ट्रिबिउट’ गर्दा सुको पनि नलिनू। के छ विचार राजकुमारीजी?’ उनको कुरा सुनेर मानिसहरू बेसरी हाँसे।

अर्को उटपट्याङ कार्य पासा खेल्ने बेलामा पनि देखियो। कपडामा लावा भुट्दै छन्। पुरेत मन्त्र पढ्दैछन्। तर दुलही पक्षकाले एक्कासि लावा भुटिरहेको कपडा तानिदिए। मेरा केटाहरूले छाडिदिए छन्। कायरा चार हात पर लड्न पुगिन्। देख्नेहरूलाई भरपुर मनोरञ्जन प्राप्त भयो।

सालीनानीहरूको हर्कत बेहुली अनमनाउने बेलामा पनि देखियो। बेहुलीदंग, फुरूङछिन्। तर कायराहरू रोएर बानेश्वर थर्काए। नरूने मानिसहरूलाई पनि रूवाइदिए।
कारमा बसेपछि मैले बेहुलीका छड्के तिलहरीसहितका तिलहरीहरू फुकालेर लोकन्तीलाई राख्नदिएँ। लगनको पोते भएपछि भैगयो त। बिचरी बेहुली! पोतेको झुप्पाका बोझले शिर ठाडो पार्नै दिएको थिएन।म चाहन्थेँ, मेरी भावना उँचो शिर पारेर मेरो दैलोभित्र प्रवेश गरून्।

रातको एघार बजेतिर मेरो कोठामा बेहुली—बेहुला मात्रछौँ। ममायाले बेहुलीको गालामुसार्दै जिस्किन थाल्छु। ठट्टिन थाल्छु। भावनालाई त मेरो कुराले डसिरहेभैmँ लाग्थ्यो। निकै बेरपछि उनले राजसीभाषामा भनिन्— ‘हजुर सुतिस्योस्। दिनभरिको थकाइपनि होला। म पछि सुत्छु।’

भावना मसँग ‘बेड शेयर’ गर्न चाहँदिन थिइन्। पतिको देह—सुखका लागि पत्नीहरू एकाकार त हुन्छन्। तर विवशता र सहजताबारे छुट्याउन नसके त्यो केको पति? केको जीवन साथी? तर घटनाले अर्को मोड लियो।

मस्तसँग निद्रादेवीको छातीमाथि निदाउने बेलामा अचानक कसैले ढोका ढकढकायो। मैले ढोका खोलिदिएँ। सामुन्नेकी युवतीलाई देखेर छक्क पर्छु—‘कायरा, तिमी! आधा रातमा तिमी यहाँ के गर्दैछ्यौ, त्यो पनि यस्तो ड्रेसमा!’

-‘यसमा हैरान हुनुपर्ने कुरै के छ र श्रीमान् लोकेशजी?’ कायरालाई कोठाभित्र प्रवेश गराउँदै भावना जान्ने पल्टिएर अगाडि भन्छिन्—‘बेहुलीकी लोकन्ती भएर आएकी मेरी बहिनीलाई अपमान गर्ने हजुरले? त्यसमाथि हजुरसँग जुत्ताको हिसाब—किताब अझै बाँकी छ रे नि त।’

मैले कुरा बुझिहालेँ। भावना नै मेरो भिलेन बनेर त्यो सब गर्दै थिइन्। नत्र त अहिलेको जमानामा किन चाहिन्थ्यो लोकन्ती—सोकन्ती? फेरि दुलहीकति नै नौली हुन् र। वास्तवमा मेरो जुत्ता चोरिएकै थिएन। त्यो त सालीनानी निर्मलाले पहिले नै सुरक्षित राखिदिएकी थिइन्।

कायराहरूलाई नै पत्तो थिएन, बेहुलाका जुत्ता कसले राखेकी छ भनेर! म सोझो भिनाजु परेर पो त। उनीहरूको महँगो ‘मेकअप’ को सोधभर्ना त गरिदिनै प¥यो। फेरि मेरो परिवारको इज्जतको सवालपनि त थियो।

साहिँली दिदी असाध्यै जान्ने। ‘पचास हजार छुट्याएकी छु’ भनेर धाक देखाइसकेकी रहिछन्। त्यो ‘जिलीगान्टी’ साली नानाीले निर्मलालाई पैसा नदिने भनिसकेकी थिइन्। त्यहीभएर मैले निर्मलालाई एक ‘स्पेशल’ ‘गिफ्ट’ दिएको थिएँ। कायरा डाढोले झण्डै मरेकी!

हाम्रो सुहागरातमा बेहुली र लोकन्तीले मेरो गिदी चाटे। केके मात्रै गफ आएको होला ती दिदी—बहिनीलाई! त्यही रात मैले थाहा पाएँ, कायराको ‘डिभोर्स’ भइसकेको रहेछ! भावना र मलाई पुल बनाएर कायरा अमेरिका उड्न चाहँदिरहिछन्।

नेपालीहरूले ‘अमेरिका—अमेरिका’ जपेका देखेर म आश्चर्य चकित हुन्छु ! जहाँ र जस्तोसुकै ‘कम्प्युटर’ मा फिट’ हुने ‘पेन ड्राइभ’ त हैन नि अमेरिका। ‘चन्द्रमामा बस्ती बसाल्छौँ’ भनेर विश्वलाई तर्साउन सक्षम महाराष्ट्र। उसलाई मालिक हैन, नोकर चाहिएको छ।

नेपालमा विद्यावारिधि गर्नेहरू अमेरिकाका होटलमा भाँडा माझ्छन्! मेरी पत्नी भावनालाई त अमेरिका लैजान मुश्किल होला जस्तो भइरहेको थियो। कायरा पुच्छर लागेर जान चाहिरहेकी रहिछन्। सालीनानी हुन् । चित्त दुखाउलिन् भनेर मैले ‘अन्टसन्ट’ बोलिनँ। झुटै भएपनि आश्वासनको बर्फीचाहिँ खुवाइदिएँ।

 

समयबित्दै गयो… ।
भावनाले मेरो परिवारलाई रिझाएर खान सकिनन्। मेरी दिदीहरूको व्यवहार सहन असाध्यै कठिन पर्न थाल्यो। म सम्झाउने गर्दथेँ। तर भावना ठाडै जवाफ दिन्थिन्—‘एक—दुई जनामात्र भए पो। हाफ दर्जन आमाजूहरूलाई म एउटीले कसरी सेवा पुर्‍याउन सक्छु?’

– ‘यो त ‘सेल्फिस’ कुरा भयो भावना।’ मलाई अलिचित्त नबुझेर परिवारको परिभाषा दिन्थेँ—‘परिवार भनेको लोग्नेस्वास्नीमात्र होइन भावना। समाजमा बसेपछि नाता गोता, कुटुम्ब, मामा, माइजू, फुपू, आमाजू, भिनाजु सबैको मान, मर्यादा राख्नुपर्छ। तब न हामी सामाजिक प्राणी हौँ। नत्र त वनमा गएर बसे भैहाल्यो नि।’

-‘मलाई अरू कुरा केहीपनि थाहा छैन। मलाई छिटोभन्दा छिटो अमेरिका उडाउनु पर्छ। म त एन.आर.एन.बन्ने हो र हजुरसँग अमेरिकामै आनन्दले बस्ने हो।’
भावनाको ठूलो दुर्गुणचाहिँ छिटो सन्तान उत्पादन गर्न हुन्न भन्ने थियो। ढिलो कहिले त? उमेर घट्किसकेको छ। त्यसमाथि मेरी साहिँली दिदीलाई अमेरिकन हैन, नेपाली भदाहा नै चाहिने रे।

आम्मै! मेरी साहिँली दिदीले अर्को पनि नचाहिने काम गरेकी रहिछन्। म अमेरिकामा इन्जिनियर पदमा काम गर्दै आएको छु रे! भावनाको परिवारलाई त्यसरी ढाँटिएको रहेछ। म त छक्कै परेँ! कहाँ ‘फ्याक्ट्रीको जुनियर मेनेजर’। कहाँ ‘मेकानिकल इन्जिनियर।’

हो, मेरो योग्यता र क्षमताउच्च कोटीको थियो। म जापान र फ्रान्स हुँदै अमेरिका पुगेको नागरिक हुँ। मेरो योग्यता अनुसार नेपालमा काम गरेको हुन्थेँ भने उताको पदभन्दा माथिकै हुन्थेँ होला। तर ‘ग्यारेन्टी’ दिन सक्तिनँ।

त्यही कारण त हो, सबका सब युवाहरूलाई परदेशको पानी प्यारो भएको। यहाँको दाल—भात—तरकारीभन्दा परदेशको ‘रेडिमेड फुड्स’ को स्वादले मजा आउने भएको।
मेरी साहिँली दिदीको अर्को बदमासीपनि रहेछ। म त दस लाख रूपियाँमा बिक्री भएको रहेछु! ‘ओ माइगड!’ के भएको यो? म एन.आर.एन.हुनुको नियति यसरी भोग्नु प¥यो! तर गर्नु के मैलै? सायद यो मेरो जन्मभूमिको श्रापहोला।

अन्ततः भावना आमा बन्ने भइन्। एक सन्तान हुने भइहाल्यो। अर्को सन्तान होस् या नहोस्, ‘देखाजायगा’ भनेर ढुक्क भयौँ। त्यो कुरा पनि साहिँली दिदीलाई पाच्य भएन। गर्भ तुहाउने पो भन्छिन् बा! किन कि उनको इच्छा विपरीत भावनाको गर्भमा ‘फिमेल चाइल्ड’ बसेको रहेछ।

साहिँली दिदीको बुहार्तन खपेर कतिदिन टिक्ने? आफ्ना छोरा-बुहारीचाहिँ विदेशमा बस्ने। आफू ‘तेलभिसा’ मा विदेश बसेर आउने। तर भाइ—बुहारीमाथि कत्रो अन्याय हँ!
अन्ततः मैले साहिँली दिदीको घर छाड्ने ‘डिसिजन’ लिएँ।

सन्जोग पनि काइदाको पर्‍यो। उनीएक हप्ताको लागि हेटौँडा गएकी थिइन्, जेठी दिदीको घरमा। यता कायराको पनि नाक मुख देखिएन। पाँच—छ महिनाकैबीचमा दिदी—बहिनीको सम्बन्ध खत्तम भयो।

निहुँ ठूलो होइन। कायराले उधुमै गरेपछि भेनाले उनको शरीरमा एक स्पर्श मात्र गरिदिएका हुन्। मैले क्या त। त्यो एक स्पर्श नै कायराको लागि साह्रै महँगो पर्न गयो। डेढ—दुई महिनादेखि कता हराइन्, कता।

राति करिब एघार बजेतिर हाम्रो दुवै परिवार विमानस्थलमा उपस्थित छन्। सासूआमाबाट पहिलो छोरी भएकीले नाम प्रस्ताव आउँछ—लक्ष्मी। करिब एक दर्जन नामहरू प्रस्तावित भए। तर भावनाले सुटुक्क भनिसकेकी थिइन्—‘छोरीको नाम हुनेछ, क्रिस्टिना।’

मलाई भने साहिँली दिदीको सम्झना आएर उधुम भइरहेको हुन्छ। जे भएपनि उनले मलाई आजको ‘लोकेश’ बनाइन्। लोकको ईश्वर। त्यही भएर म समाजसेवातिर पनि लागेको छु। तर मानिस रूपी ईश्वरले कर्म दिने आमाको मुखै नदेखी कर्मभूमि फर्किँदै छु।

सोचेको जस्तो जीवन कहाँ रहेछ र। मेरा बाका सात-सातवटी छोरीहरू। वंशलाई अघि बढाउने आकाङ्क्षाले गर्दा ज्वाइँहरूका लागि सन्तान उत्पादन गराउने मेशिनहरू निर्माण गरिदिए मेरा बाले। जेठी महालक्ष्मी। माहिली सरस्वती। क्रमशः सीता, गीता…आदि ।

देवीदेवताका नाम राखेर हुने भए देश किन यतिबिघ्न कङ्गाल बन्न पुग्थ्यो र! देशको नाम नै कुनै महादवीको नाममा समर्पित गरिदिए काफी हुन्थ्यो। यतिखेर म भावशून्य मुद्रामा छु। भावनालाई उकुस मुकुस भइरहेको छ। किनकि उनको पहिलो अनुभव हो, परदेशस्तरीय जहाजी यात्राको। भावना करिब पाँच-छ पटक ‘रेस्ट रूम’ धाइसकेकी छिन्। म भने प्रतीक्षालयको कुर्सीमा घरी बस्छु। घरी उठ्छु ।

अब हाम्रो प्रतीक्षाको घडी समाप्त भएको अवस्था छ। भावनालाई डोर्‍याउँदै प्लेन अडाइरहेको स्थानतिर पाइला चालिरहेको छु। साहिँली दिदीको सम्झनामा मैले आँखा नभिजाई रहन सकिनँ। प्लेनको भरेङ उक्लिनु अघि आफ्नो जन्मभूमिको भुइँमा एक पटक शिर जोतेर क्षमा मागेकोे छु।

अब कहिले होला मैले आफ्नी जननीलाई यसरी ढोग्ने?कहिले आउला त्यो समय, जब नेपाली मन र नेपालीपनसँग साक्षात्कार गर्न पाउने छु? अब कहिले होला मेरी साहिँली दिदीसँगको साक्षात्कार, जुनपल म उनकै काखमा आँसु बगाएर यो भारी मनलाई हलुको बनाउन सकूँ?

सबै यात्रुहरू आ-आफ्नो सिटमा बसिसकेका छौँ। अरूहरू प्लेनले भुइँछाड्ने समयको तीव्र प्रतीक्षा गरिरहेका छन्। मेरो मनचाहिँ साहिँली दिदीकै घर वरिपरि घुमिरहेको छ। किनकि त्यही घरमा मेरो शैशवकाल बितेको छ। त्यही घरबाट मेरो इतिहास सुरू भएको छ।

मैले चाहेर पनि अब फर्किन सक्दिनँ। मैले चाहेर पनि प्लेनलाई रोक्न सक्दिन। अब मेरो लागि कर्मघर नै सबैथोक हो। किन कि म एक एन.आर.एन.हुँ। हो, म एन.आर.एन.हुँ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो