कविता : म मलाई आफू भन्नै तयार थिइन

डिसी नेपाल
१ माघ २०७८ ९:४९
276
Shares

आमा पछाडिबाट आँसुको सागर खसाल्दै थिइन्
अगाडि उभिएर हेर्न सक्ने आँट आएन होला,
बाबा कुनामा लुकिलुकी हात आँखासम्म पुर्‍याउँदै थिए
दुनियाँको अगाडि परेलिको बाँध फुटाउने हिम्मत भएन होला।

दाजै जग्गेमा अडेस लगाउँदै गह मात्रै भिजाउँदै थिए
बहिनीको अगाडि लाज लुकाउन होला,
भाउजू सारीमा सजिएर पनि बेखुशी थिइन्
मुटुनै छुट्न लाग्यो होला।

भाइको आँखा हम्मेसा भुँइमै थियो
शिर उठाउन नसकेर होला,
दिदी परदेशबाट नै माेबाइल कलिङमा खुशी देखिन्थी
बहिनीको भाग्य खुलेर होला।

घरगाउँको रङ्ग मधुरै थियो
आगन अधुरै रोयो,
एक्कासी डोली हुलेर होला
बेलुहाको अनुहार खुलेको थियो
मनमै रंगीन फूल फुलेर होला।

म मलाई आफू भन्नै तयार थिइन
अर्कोको हुने भएर होला।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *