परियोजनाका लागि लमजुङका तीन होमस्टे छनोट

डिसी नेपाल
१५ माघ २०७८ १७:२४

काठमाडौं ।गण्डकी प्रदेश सरकारले (होमस्टे) घरबास परियोजनाका लागि लमजुङका तीन घरबास छनोट गरेको छ ।

प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लाका काउलेपानी, पुमागाउँ र कुडुले घरबास (होमस्टे)लाई परियोजनाका लागि छनोट गरेको हो । प्रदेशभित्रका ६२ घरबासले उक्त परियोजनाका लागि माग दाबी गरेकामा प्रदेश मन्त्रिपरिषद्को निर्णयले ३० घरबासलाई त्यसका लागि छनोट गरेको हो ।

छनोटमा परेका घरबासमा लमजुङ दरबार नजिकैको बेँसीशहर नगरपालिका–३ को काउलेपानी सामुदायिक होमस्टे, राइनास नगरपालिका–३ को कुडुले सामुदायिक घरबास (राइनास होमस्टे) र बेँसीशहर नगरपालिका–६ को पुमागाउँ सामुदायिक घरबास रहेका छन् । काउलेपानी र राइनास होमस्टेलाई सामुदायिक भवन निर्माण र पुमागाउँ होमस्टेलाई पदमार्ग निर्माणका लागि छनोट गरिएको हो । ती घरबासले रु १०/१० लाखका दरले रकम प्राप्त गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *