कुन मुखले मनाउनु दिवसहरु – Dcnepal

कुन मुखले मनाउनु दिवसहरु

आज प्रजातन्त्र दिवस आफूले ठूलो जाँगर, उत्साह, हौसला र आशा बाकेर बर्षेउनी टुँडिखेल धाई धाई मनाएको दिवस। भोक निन्द्रालाई बिर्सेर सुनौलो र उज्वल भविश्यको सपनामा अमूल्य भूतकाल समर्पण गरेको दिन।

आजै निर्वाचन दिवस। चाउचाउ, सातु र तुमलेटमा पानी भरेर धेरै कोस दूरी तय गरी मतदान केन्द्रलाई सुरक्षा घेरा कसेको यादगर गर्ने दिन। ढुंगामुढा, एम्बुस र रोडसाईड बमका धक्का मुक्का प्रहार खाँदै ढाडमा मतपेटिकाको भारी बोकेर बल्लतल्ल सदरमुकाम पुर्‍याएर सम्बन्धित अधिकारीलाई बुझाएको चस्का झस्का स्मरण गर्ने दिन।

जोखिम मोलेर भएपनि सुन्दर शान्त समृद्ध भविश्य दिने जनप्रतिनिधि र नेतृत्व आउलान् भनेर आशा भरोसा पालेको दिन। विजयोत्सवलाई लुकिलुकी टुलुटुलु हुर्दै परिवर्तन र सुधारको लागि प्रार्थना गरेको आशलाग्दो दिन।

भोलि सामाजिक न्याय दिवस। सामाजिक बिभेद, अन्याय, अत्याचार, दूराचारलाई अन्त्य गरेर कानुनका आँखामा सबै समान, सबैलाई न्याय, शिक्षा, स्वास्थ्य, रोजगार, लैगिंक समानता, सामाजिक सुरक्षा, कल्याणकारीको प्रत्याभूत गर्ने दिन।

प्रगतिको समीक्षा गरेर आनन्द अनुभूत गर्ने दिन। सुनौलो भविश्यको सुनिश्चितता प्रति अब केही होला कि भनेर मुख मिठ्याउने बिशेष महत्वको दिन। यी पवित्र दिसवहरुको पावन अवसरमा बिगत र बर्तमानको समीक्षा गर्दै उज्वल भविश्यको प्रार्थना गर्न यो आलेख पस्किएको छु।

तन्त्रको खात जनतालाई लात

यती धेरै तन्त्रको ओहिरो पहिरो अन्य मुलुकमा आएको देखिँदैन। अन्य मुलुकमा एउटा तन्त्रले संस्थागत हुँदै कायापलट गरेर सफलता र विजयको पैरवी गरेको देखिन्छ। तर, नेपालमा तन्त्रलाई अर्को तन्त्रले ढाड र मुण्टो भाँच्दै नयाँ नयाँ सपना र मिठा मिठा लड्डु दिने सानदार तन्त्र भित्र्याएको देखिन्छ। तर कथित हरेक नविन र सानदार तन्त्रले राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र जनतालाई दुश्मनको पोष्टमा आत्मघाती गोल हानेर मातृभूमिलाई आलोपालो लुटेको मात्र देखिन्छ।

राणातन्त्र अन्त्य गरेर २००७ सालमा ल्याएको प्रजातन्त्र भाँडभैलो भयो। कसको हातमा नरिवल भने झैं भो बादरको यहाँ अपमान नगरुम्। सक्तिशाली जनताले प्रजातन्त्र ल्याए। तन्त्र प्रजालाई आएन, पद पैसा शक्तिका पिपासु १ मुठी नेतालाई उचाल्ने पछार्ने बजाउने सिध्याउने अस्त्र भयो प्रजातन्त्र।

जसले प्रजातन्त्र दिए, उनीहरुले चाल पाए नेपालमा अस्थिरताको बिउ प्रजातन्त्र भन्ने बस्तु हुने रहेछ। चाल नपाउनेलाई यो माल भिडाईरहने छिमेकी भारतको स्थायी रणनीति हामीले उपहार पायौं।

हामी जनता मासु चिउरा र एउटा पदमा बहकिने होइन। थोत्रे राष्ट्रघाती दलालहरुको षड्यन्त्र नै षड्यन्त्रहरुको झुट् पुलिन्दा सुन्न माइतीघरमा व्यर्थ भिड् लाग्ने पनि होइन। आश्वासन र माया जाल माफीमा बहकिने पनि होइन। आफ्नो अमूल्य मताधिकारको साहसिक सदुपयोग गरेर ती दलालहरुको पत्तासाफ गर्ने र नया भिजन, नयाँ प्रतिबद्धता, नयाँ नारा, नयाँ सपना तथा नविन नेतृत्वलाई अवसर दिने नविन रोडम्याप अबलम्बन गर्नु प्रजातन्त्र, राष्ट्रियहित र राष्ट्रिय सुरक्षाका खातिर हुने छ। उसरी मात्र प्रजातन्त्र दिवस सार्थक हुने छ।

पञ्चायततन्त्र घेर्ने असफल बनाउने र मसानघाट पुर्‍याउने अर्को  प्रजातन्त्र नामको अस्त्र दक्षिणबाट पुन: जोडदारसँग प्रहार भयो। ठमेलको चाक्सिबारीले दक्षिणी छिमेकका देवत्वहरुलाई स्वागत र आतिथ्यता गरेर पूर्व व्याटल टेस्टेड् तर असफल प्रजातन्त्रलाई पुन: तामझामका साथ भित्र्याए। युवा क्याप्टेन पंक्तिकारले भब्य बिजय जुलुश, बिजयोत्सव आँखाले देख्न पाएँ।

यो प्रजातन्त्रसँग अन्तस्करणबाट खुशी हुने एकजना राजनेता राजा बीरेन्द्रको महानता देखेर मुलुकले काँचुली फेर्ने आशा पालें। २०३६ सालमा प्रजातन्त्रको बागडोर जनप्रतिनिधिलाई सुम्पिएर अभ्यास गराउने वहाको शुभेच्छा राजाका चाटुककार र जनताका दुश्मन तत्कालीन नेतृत्वहरुले सफल हुन दिएनन्।

जनताले जनतालाई स-सम्मान बिशुद्ध जनहित र राष्ट्रहितका खातिर अभ्यास गर्ने प्रजातन्त्रको प्रतिफल मिठो हुने छ र आफूद्वारा दीक्षित त्यो वास्तबिक एवं अर्थपूर्ण प्रजातन्त्रले आफूलाई जनप्रिय राजा सिद्ध गर्ने छ, जसले मलाई असीम सुख र सन्तुष्टि दिने छ भन्ने राजाको सरल तर महान सोचमा अंकुश लगाई दिए चाकडी र षड्यन्त्रका खलनायकहरुले। संबैधानिक राजतन्त्र राजा बीरेन्द्रको अर्को सपनाको लड्डु थियो। आसेपासे र चाटुककारहरुलाई भलै काउचो किन नहोस्।

बिडम्वना, कर्कलो जस्तो त्यो शिशु प्रजातन्त्रलाई बञ्जरोले मात्र होइन, बम बारुद बन्दुकले धुलोपिठो पारियो। २००७ साल होस् अथवा २०४६ साल जनतालाई भनेर ल्याएको प्रजातन्त्र प्रजालाई बारुद बन्दुक बोकाउने र एकापसमा लडाउने अभिसापतन्त्र भए। २०४६ सालको दोश्रो प्रजातन्त्र फल्ला र खाउला भनेर कुरेको आज ३२ बर्ष भयो।

जब कि मुलुक समृद्ध हुने समय सीमा घटिमा १० बर्ष बढीमा २० बर्ष हो। जापानले नेपाल जस्तो र नेपाल जत्रो हिरा मुलुकलाई ठिक १० बर्षमा जापान बनाउने दाबी सुनेको पंक्तिकारलाई हिजोजस्तो लाग्दछ। पंक्तिकारका स्पेसलफोर्सका ईजरायली गुरु कर्णेल लेभ्कोको दाबी पनि उस्तै तेज र गर्वयोग्य थियो। यी दुबै मातृभूमि र जनतामार प्रजातन्त्र भारतको बुई चढेर सवार भएका थिए। नाम प्रजातन्त्र काम लुटतन्त्र र जनतामारतन्त्र!

प्रजातन्त्र बिस्थापन गर्न र मसानघाटमा लगेर सेलाउन गणतन्त्रको भूत सवार भयो। जसले मुलुकमा लुटतन्त्र भिडाए,  गणतन्त्रको भौतिक नैतिक र आश्रयस्थल आफ्नै जग्गामा खडा गरिदिए। आश्रयस्थल भारतको,  द्रब्य युरोप चीनलगायत सबैको सोरपटार गरेर बिदेशीको रचना, मन्त्रणा, ईशारामा बिदेशीकै लागि मञ्चन गरिएको गणतन्त्र नेपाललाई बिश्वमानचित्रबाट सदाको लागि हटाउन मञ्चन भएको थियो।

प्रजातन्त्रसँग हौसिएका जनता नि:सन्देह दिगो शान्ति र समृद्धिका भोका थिए। त्यसैले नेपाली कांग्रेसले २ तिहाईको मत र बिश्वास पायो। नेता गिरिजा प्रसाद घिउ नपचेर भुँई न भाँडामा भए। टनकपुर सन्धी ऐतिहासिक र अक्षम्य राष्ट्रघात थियो।

सीमा सुरक्षा सीमा अनुगमनको संयुक्त राष्ट्रिय संयन्त्रबाट नेपाली सेनालाई पहिलो पटक गलहत्याएर निकालिएको राष्ट्रघात। लिपुलेक कालापानीको पेश्की खाएर मातृभूमिलाई बन्धक बनाएको राष्ट्रघात। मातृभूमि बिक्रीका श्रृङ्खला र राष्ट्रघातहरु भनि साध्य छैनन्। २ तिहाई नपचेका र राष्ट्रघात गरि गरि थाकेका गिरिजा प्रजातन्त्र बिरुद्धका गणतन्त्रका मलामी भए। कथित गणतन्त्रमा बिलिन भए।

गणतन्त्रलाई गन्तव्यमा पुर्‍याउन राजतन्त्र सक्रिय भयो। राजतन्त्र उदयको मस्कत गणतन्त्र स्थापना थियो। मुलुकलाई स्थायित्व प्रदान गरी शान्ति र समृद्धिको फूल फुलाउने संभाव्यता बोकेका राजा महेन्द्र, राजा बीरेन्द्र, युवराजा दीपेन्द्र र जननायक मदन भण्डारीलाई प्रायोजितरुपमा सफाया गरेर मुलुकको उज्वल भविश्यको दियो निभाईसकिएको थियो। जनताले पुन: गणतन्त्रलाई पनि भारि २ तिहाई मतले स्थिर र शक्तिसाली बनाईदिए। तर गणतन्त्रको भाँडभैलो कसले नरिवल खाने ७ सालको भन्दा निर्बस्त्र र घिनलाग्दा कलहमा रुपान्तरण भयो। देख्नेलाई लाज!

लिपुलेक कालापानीको पेश्की खाएर मातृभूमिलाई बन्धक बनाएको राष्ट्रघात। मातृभूमि बिक्रीका श्रृङ्खला र राष्ट्रघातहरु भनि साध्य छैनन्। २ तिहाई नपचेका र राष्ट्रघात गरि गरि थाकेका गिरिजा प्रजातन्त्र बिरुद्धका गणतन्त्रका मलामी भए। कथित गणतन्त्रमा बिलिन भए।

उत्पात ठगी र चन्दा, उत्पात् बिदेशी द्रब्यको खोलो, उत्पात् काटमार र रक्तपातको खोलो, पूर्वाधारको उत्पात् क्षति र नोक्सान गरेर अग्रगामी छलाङ्ग मार्न आएका लोतान्त्रिक गणतन्त्र प्रजातन्त्र भन्दा कति उन्नत र उत्कृष्ट रहेछ? दिने छिमेकी र दातृ राष्ट्रले जानुन्। ल्याउने जनता आफैंले मूल्याङ्कन गरुन्।लतारिने प्रजातन्त्रका दल र नेतृत्वले पुष्टि गरुन्। झर्ला र खाउँला भनेर पहरा दिने, चाकडी भर्ने र सुधारको आशा पालेर बस्ने सुरक्षा संयन्त्रले अझै पत्याई राखुन्। अग्रगामी छलाङ्ग हेर्न आतुर उहिले हात साथ काँध थाप्ने नागरिक समाज, न्याय मूर्ति र संचारकर्मीहरुले भूलसुधार कसरि नगरुन्। जब कि गणतन्त्रलाई उसकै मलामीहरु प्राय: सबैले छाडिसके।

सबै तन्त्रका नाइकेलाई जित् महशुस भएको होला। तन्त्रहरु फाप्यो होला। तर मातृभूमिले हार खाएको खायै छ। जनताले मुक्का र लात खाएर स्वाभिमान गुमाउँदाछन्।

७२ औं प्रजातन्त्र दिवस

७२ औं प्रजातन्त्र दिवस सगरमाथा जस्तो अटल, अमर र लोकप्रिय हुनुपर्ने हो। प्रकृतिको धनी सुन्दर देश नेपाल र हिरा जस्तो हामी जनता नेपालीहरुको प्रजातन्त्र खुम्चेको छ। सुकेको छ। हराएको छ। छि: छि: दुर दुर बितृष्णाको सिकार भएको छ। संसारलाई हसाउने नचाउने अटाउने क्रिडातन्त्र भएको छ। नामसारी हुन बांकी ऐतिहासिक सम्पदा टुँडिखेलमा सुरक्षाकर्मीहरुको गाना बजाना झाँकी र परेडमा सीमित भएको छ।

राष्ट्रपति प्रधानमन्त्रीकाे सवारी हुने छ। लाज छोप्न मास्क गतिलो निर्लाजबस्त्र भएको छ। संवैधानिक निकायहरु गठबन्धनका गल्ला भर्तिकेन्द्र भई हाले। ती नाकमा नत्थी लगाएर चाकडी बजाउन र ताली पड्काउन हाजिर हुनेछन्। र प्रधानमन्त्रीले प्रजातन्त्रको दमदार भाषण ठोक्ने छन्।

राष्ट्रिय गान, राष्ट्रिय झण्डोत्तोलन गरेर प्रजातन्त्रलाई क्षणिक तातो न्यानोले सेकिने छ। राष्ट्रपतिलाई जोडदार सलामी अर्पण गरेर अनन्य भक्ति जाहेर गरिने छ। अशान्ति छोप्न शान्तिका दूत परेवा उडाइने छ। हवाई साधनको दुरुपयोग गरेर डलरमा आयातित पुष्पबृष्टि गर्ने छ हेलिकोप्टरले खाली टुँडिखेलमाथि। संयुक्त सुरक्षा फौजले संयुक्त व्याण्ड र मार्चपास गरेर लुटतन्त्रका मालिक र ठेकेदारहरुलाई संयुक्त आज्ञाकारिता सभक्ति समर्पण गर्ने छन्।

यो झुटतन्त्र र लुटतन्त्रको नाटक कतिञ्जेल गरिरहने हो। मनभरि षडयन्त्र भाषणमा प्रजातन्त्रको पाउ समातेर नाटककार रचनाकार र हामी दर्शकले संयुक्त रुपमा माफी मागौं। र, पुकारौं अति भयो, अब सुधारको बाटो अनिवार्य अङ्गिकार गर्ने छौं।

आवश्यकता प्रजातन्त्र होइन सुधारतन्त्र

प्रजातन्त्रको खिसिट्याउरी र भँजाएर खाने लत परेको नेतृत्वमा सुधारको गुञ्जायस रत्तिभर देखिँदैन। बरु उनीहरु निर्बस्त्र नेतृत्वबाट ओरालो लागेर बिदेशी एजेण्ट बिचौलिया र दलालमा रुपान्तरण भइसकेको सत्य जगजाहेरै छ।

जसले मातृभूमिलाई निर्घात बेचबिखन गरे र धोका दिए, अक्षम्य पाप गरेर परलोक भए तिनीहरु मरणोपरान्त सजायका भागेदार छन्। जो जीबित छन् र माटो र मतदाताहरुलाई बन्धक बनाएर बिदेशीको दलाल गरिरहेका छन् तिनलाई जनताले उठ्न नसक्ने गरी दण्डित गर्न जरुरी छ। प्रजातन्त्रलाई अक्षरश: शिरोपर गरी प्रजातान्त्रिक अभ्यास निर्वाचन र मतपेटिका भित्र स्वविवेक र स्वनिर्णयको असली अधिकारको साहसिक सदुपयोग हुन नितान्त जरुरी छ।

हामी जनता मासु चिउरा र एउटा पदमा बहकिने होइन। थोत्रे राष्ट्रघाती दलालहरुको षड्यन्त्र नै षड्यन्त्रहरुको झुट् पुलिन्दा सुन्न माइतीघरमा व्यर्थ भिड् लाग्ने पनि होइन। आश्वासन र माया जाल माफीमा बहकिने पनि होइन। आफ्नो अमूल्य मताधिकारको साहसिक सदुपयोग गरेर ती दलालहरुको पत्तासाफ गर्ने र नया भिजन, नयाँ प्रतिबद्धता, नयाँ नारा, नयाँ सपना तथा नविन नेतृत्वलाई अवसर दिने नविन रोडम्याप अबलम्बन गर्नु प्रजातन्त्र, राष्ट्रियहित र राष्ट्रिय सुरक्षाका खातिर हुने छ। उसरी मात्र प्रजातन्त्र दिवस सार्थक हुने छ।

प्रजातन्त्र दक्षिणको रक्षाकवच थियो। उत्ताउलो गणतन्त्र उत्तरको रक्षाकवच भइदियो। दुबै दक्षिणबाट अस्थिरताको लागि बिजारोपण गरिएका निरङ्कुशतन्त्र थिए। भोका नाङ्गा खाते र कैदी नेतृत्वको हातको प्रजातन्त्र कसरी सुगन्धित होस्? अपराधी, ज्यानमारा, जनतामारा हातको गणतन्त्र कसरी वास आओस?

राजनीतिकार र ठेकेदार एकाकार भएर चलाएको गणतन्त्रले लुटपात् नगरेर अरु के गर्न जानोस्? मुलुक बिदेशीहरुको रणभूमिमा रुपान्तरण भएर असफलउन्मुख बाटोमा तीब्र गतिमा बढेको एकमात्र कारण अक्षम नेतृत्व हो। मतको दुरुपयोग गरेर नथाक्ने हामी जनता पनि कम दोषी छैनौं।

प्रजातन्त्र, निर्वाचन र सामाजिक न्यायको राजदण्ड एउटै दलालको हातमा छ। ती बिदेशी दलालहरु चक्रीय प्रणालीमा बसेर आलोपालो प्रजातन्त्र नामको झुटतन्त्र र चरम लुटतन्त्र मच्चाईरहन उद्यत छन्। छिनमा बहकिने हामी जनता नामका भिडको टाउकोमा गिर खेलिरहने दलालहरु सच्याइको प्रतिक्षामा छौं हामी। कति अबोध र अचेत छौं हामी?

प्रजातन्त्र दक्षिणको रक्षाकवच थियो। उत्ताउलो गणतन्त्र उत्तरको रक्षाकवच भइदियो। दुबै दक्षिणबाट अस्थिरताको लागि बिजारोपण गरिएका निरङ्कुशतन्त्र थिए। भोका नाङ्गा खाते र कैदी नेतृत्वको हातको प्रजातन्त्र कसरी सुगन्धित होस्? अपराधी, ज्यानमारा, जनतामारा हातको गणतन्त्र कसरी वास आओस?

अब हाम्रो तेश्रो आँखा खुल्न जरुरी छ। ती भ्रष्ट दलालहरुलाई बहिष्कार र तिरस्कार गर्न अपरिहार्य छ। प्रजातन्त्रलाई निरङ्गकुशतन्त्र बनाएर जनतालाई रोग भोक अशिक्षा अभाव बिदेशी दास बनाउने खाते र अपराधीहरुलाई मत होइन दण्डित गर्ने साहसको जरुरी छ। त्यसको लागि आगामी निर्वाचन सुनको भर्‍याङ्ग हुनसक्दछ।

हामीले चयन गरेको असल, सज्जन, प्रतिबद्ध, त्यागी राष्ट्रबादी नेतृत्वले मात्र प्रजातन्त्रलाई सुगन्धित बनाएर बिकासको मूल फुटाउन सक्दछ। सुशासनको सुनिश्चितता संगै बहुप्रतिक्षित शान्ति र समृद्धि जनजनको पोल्टामा पुर्‍यादिन सक्दछ। त्यो सुनौलो भविश्य बिदेशीको होईन हामी तेश्रो आँखा सहितको सचेत नागरिकहरुको हातमा छ।

बिगत र बर्तमानको प्रजातन्त्र, निर्वाचन र न्यायको निर्बस्त्र लज्जा छोप्ने एकमात्र टालो /अस्त्र मतपेटिका हो। मासुचिउरा, ठर्रा र ऐलामा बहकिएर होइन, तेश्रो आँखा खोलेर सतर्क र साबधानी भई खराबलाई फ्याँक्ने र असललाई छान्ने हिम्मत गरौं। तबमात्र भविश्यका प्रजातन्त्र, निर्वाचन र न्याय दिवस सार्थक होलान्।

त्यसरी मात्र हिरा जनताको सुन्दर नेपालको रक्षा संभव होला। यो बर्षको दिवसले हाम्रो तेश्रो आँखा खोलिदियोस्। सोच परिवर्तन गरिदियोस्। यही छ, पंक्तिकारको शुभकामना।

(लेखक पूर्व संरक्षणकर्मी हुन्)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो