युनाइटेडलाई अवे गोलको फाइदा, रोकियो एट्लेटिको
काठमाडौं। युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेडले १-१ अन्तरको बराबरी खेलेका छन्। स्पेनिस ला लिगा क्लब एट्लेटिकोको घरमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर एक गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो।
सातौ मिनेटमा जोआओ फेलिक्सको गोलबाट घरेलु टोलीले अग्रता लियो। खेलको ८०औं मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ । दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ।
राति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच क्लब आयाक्सले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment