जुम्लामा पुरुषभन्दा आँखाको समस्या महिलामा बढी

डिसी नेपाल
९ चैत २०७८ १७:४५

जुम्ला । जुम्लामा पुरुषको तुलनामा महिलामा आँखाको समस्या बढी रहेको पाइएको छ । जुम्लामा हिमालयन आँखा अस्पताल खोखराको प्राविधिक सहयोग, सिविएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा सञ्चालन गरिएको ३८औं शिविरमा यस्तो समस्या देखिएको हो ।

उक्तशिविरमा आँखाको मोतीबिन्दु सम्बन्धी चेकजाँच गर्नका लागी १३ सय ६० जनाले आएका थिए । जसमध्ये १ सय २१ जनाको शल्यक्रिया गरिएको हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीले बताए ।

उनले भने,‘यो शिविर जेष्ठनागरिकलाई लक्षित गरी राखिएको हो । उनका अनुसार पुरुषको तुलनामा आँखाको समस्या महिलामा बढी रहेको छ । यस पटकको शल्यक्रियाको तथ्याङ्कमा ५९ जना पुरुष रहेका छन् भने ६२ जना महिला रहेका छन् ।’

नेत्र अधिकृत गोविन्दनाथ योगीले विभिन्न अध्ययनपत्रले महिलामा आँखा सम्बन्धी समस्या बढी हुने गरेको पाइएको बताए ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले आँखाको स्वास्थ्य सेवा सबै क्षेत्रमा पहुँच बढाउन पहल भएको बताइन् । उनले जुम्लाका सबै पालिकामा आँखा सम्बन्धीको उपचार जरुरी रहेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *