खार्पुनाथमा झडप हुँदा १० जना घाइते

डिसी नेपाल
३० वैशाख २०७९ १४:१६
116
Shares

सुर्खेत। हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन्। खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन्।

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस-माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो।

खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ भने माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *