सुर्खेतको वीरेन्द्रनगर १ मा पुनः कांग्रेसका खत्री दोहोरिए

डिसी नेपाल
१ जेठ २०७९ १७:४५

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४० मत बढी ल्याएर निर्वाचित भएका हुन् ।

आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार काँग्रेसका खत्रीले १ हजार ४८४ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका छन् । उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *