‘झोलुङ्गे पुलमा मेरो जीवन’ सार्वजनिक

डिसी नेपाल
११ जेठ २०७९ १०:३८
72
Shares

काठमाडौं । झोलुङ्गे पुलको निर्माणमा जीवनको लामो कालखण्ड बिताएका मुकुन्दप्रसाद उपाध्यायको आत्मसंस्मरणात्मक कृति ‘झोलुङ्गे पुलमा मेरो जीवन’ (अनेक भोगाइ) एक समारोहकाबीच सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व सचिव श्यामप्रसाद अधिकारीसहित मञ्चासिन अतिथिहरूले कृतिको एकसाथ विमोचन गरे।

विमोचन पश्चात पूर्व प्रशासक श्यामप्रसाद अधिकारीले डेढ वर्षअघि दिवंगत भएका ई. मुकुन्द उपाध्यायको कर्मशीलताको चर्चा गरे । भाइ समानका उपाध्यायको निधनले आफू मर्माहत भएको बताउँदै उनले यस पुस्तकले झोलुङ्गे पुलका बारेमा राम्रो जानकारी दिने उल्लेख गरे ।

पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेलले प्राविधिक क्षेत्रका नयाँ पुस्तालाई अग्रजहरूले आजभन्दा ५०/६० वर्षअघि के कस्तो अवस्थामा कसरी काम गर्नुपरेको थियो भन्ने कुराको जानकारी उपाध्यायको यस पुस्तकले गराउने बताए ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पुस्तकले ५० वर्ष अगाडिको नेपालको विकास निर्माण अवस्थालाई उजागर गरेको बताए । प्रस्तुत पुस्तक इमानदार संस्मरण भएको उनको भनाई थियो ।

श्यामप्रसाद अधिकारीकै सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यायका सहकर्मी ई. कल्याण ज्ञवाली, पूर्व सहसचिव डा. जगदीशचन्द्र बराल, उपाध्यायका सुपुत्र प्रमोद पोखरेलले बालेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *