उदयपुरको त्रियुगा नगरपालिकामा त्रिपक्षीय प्रतिष्पर्धा

डिसी नेपाल
१२ जेठ २०७९ १०:३४

काठमाडौं।उदयपुरको त्रियुगा नगरपालिकामा त्रिपक्षीय रोचक प्रतिष्पर्धा भएको छ।हालसम्मको मतपरिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार बस्नेत झिनो मतान्तरले अग्रस्थानमा रहेका छन्।उनलाई पछ्याउँदै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरी दोस्रो स्थानमा रहेका छन्।तेस्रो स्थानमा नेकपा एमालेका भागवत राउत रहेका छन्।

हाल ९५४० मतगणना हुँदा कांग्रेसका बस्नेतले ३०९० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका चौधरीले ३०११ मत का साथ बस्नेतलाई पछ्याइरहेका छन्।बस्नेत र चौधरीको ७९ मतको मतान्तर रहेको छ। एमालेका राउतले भने २१२६ मतका साथ तेस्रो स्थानमा रहेका छन्।त्रियुगामा एकीकृत समाजवादी र माओवादी केन्द्रले गठबन्धन गरेका छन्।कांग्रेस र एमाले भने गठबन्धन बिना चुनावमा होमिएका छन्।चौधरी निवर्तमान मेयर समेत हुन्।

उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार अग्रस्थानमा रहेकी छिन्। कांग्रेसकी सरिता राईले २८०९ मत प्राप्त गरेकी छिन्। माओवादी केन्द्रकी गीता खड्का कार्कीले २४५७ मतका साथ दोस्रो स्थानमा र एमालेकी महेश्वरी राईले २३६८ मतका साथ तेस्रो स्थानमा रहेकी छिन्।

नगरपालिकाको हाल सम्म तीन वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस,एमाले र माओवादी केन्द्रले १ १ स्थानमा जित निकालेको छ।वडा नं १ मा काङ्ग्रेस, २ मा एमाले र १६ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *