खत्याडमा आगलागीबाट दुई घर जलेर नष्ट

डिसी नेपाल
२४ जेठ २०७९ २१:०४

मुगु । मुगुको खत्याड गाउँपालिका– ४ पैखुगाउँमा आगलागीबाट जलेर दुई घर नष्ट भएका छन् । मंगलबार बिहान करिब ११ बजेतिर एक्कासि लागेको आगोबाट स्थानीय चुत्तबहादुर थापा र शारदा थापाको घर पूर्ण रूपले नष्ट भएको छ ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए । आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी माझचौरबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा खटाइएको उनले जानकारी दिए ।

सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाएका छन् । अहिले आगलागी करिब नियन्त्रणमा आइसकेको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको सुरक्षाकर्मीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *