१ मेघावाट क्षमताको जलविद्य‍ुत आयोजना निर्माणमा तिला गाउँपालिकाको सहकार्य

डिसी नेपाल
२६ जेठ २०७९ १०:१३
32
Shares

जुम्ला। जुम्लाको तिला गाउँपालिकासँगको सहकार्यमा तिला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ। ११ करोड रुपैयाँ लगानीमा आयोजनाको निर्माण कार्य सुरु भएको हो।

आयोजना निर्माणको अगुवाई नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले गरेका छन्। उनले टुक्रे योजनाभन्दा पनि महत्वपूर्ण विकासे संरचना निर्माणमा ध्यान दिइएको बताए।

उनले भने, ‘यो तिला गाउँपालिकासँग सहकार्य गरेपछि खर्च र आम्दानी तिला गाउँपालिकाकै हुन्छ। त्यही भएर आयोजनासँग गाउँपालिकाको अपनत्व बढी हुनुपर्छ’, बुधबार पत्रकार सम्मेलन गर्दै सांसद महतले बताए।

उनले आयोजना निर्माणको खर्च सबै गाउँपालिकामार्फत भएकाले आर्थिक विषयमा आफू संलग्न नभएको पनि प्रष्ट पारे।

आयोजना निर्माणमा आवश्यक मेसिन भने चीनदेखि ल्याइने भएको छ। जसका कारण निर्माण कार्य ढिलाइ भएको महतको भनाइ छ । तर, पनि आयोजना बन्ने उनले दाबी गरे।

‘मेरो केही कमजोरी थियो भने ठोस योजनामा सर्ब लगानी गर्नुथियो तर बनेर छोड्छ आयोजना। गाउँपालिकाले बनाउनु राम्रो हुन्छ । किनकि गाउँपालिकाले बनाउँछु भनेर हस्ताक्षरसमेत गरेको छ’, महतले भने।

आयोजना १ मेघावाटको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *