८२ लाखमा गाउँमा धारैधारा (फोटो फिचर)
सुर्खेत। दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजनाअन्तर्गत एक सय १६ वटा धारा निर्माण भएका छन्।

हेल्भेटास नेपाल, डुङ्गेश्वर गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धारा निर्माण भएका हुन्। धारा निर्माणको लागत ८२ लाख ६ हजार रुपैयाँ हो।

सुख्खाग्रस्त क्षेत्र यहाँका मानिसहरू नजिकै पानीको मूल नहुँदा पुस्तौंदेखि खानेपानीको समस्या खेप्दै आएका थिए। पर्यटकीय क्षेत्रको रूपमा रहेको कुइया ताल क्षेत्रको मुहानबाट खानेपानीको सुविधा गाउँमा पुर्याइएपछि भने स्थानीयवासीले वर्षौंदेखिको दुःखबाट छुटकारा पाएका छन्।

योजना सम्पन्न भएसँगै देउली बजार, पैयाँचौर, सेर्माकोटको थापा टोल र खत्री टोल तथा त्रिकुलेका बासिन्दा लाभान्वित भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment