घरमै सुतिरहेको अवस्थामा वडाध्यक्षको मृत्यु

डिसी नेपाल
४ असार २०७९ २२:००

जाजरकोट । कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *