कर्णाली प्रदेश सरकारकाे‘एक जिल्ला, एक उद्योग निर्माण’ नीति

डिसी नेपाल
४ असार २०७९ २३:१७

सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामाले आगामी आथिएक वर्ष २०७९/८० का लागि ‘एक जिल्ला, एक उद्योग’ निर्माणको नीति लिइएको बताएका छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेतद्वारा आज आयोजित औद्योगिक क्षेत्र सडक स्तानोन्नति कार्यको उद्घाटन गर्दै उनले उद्योग क्षेत्रको विकास गर्न प्रदेश सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्ने कार्यलाई अगाडि बढाएको जनाए ।

उनले भने, “देश विकासका लागि उद्योगको ठूलो भूमिका भएकाले सरकारले उद्योगीहरूलाई उत्साहित हुने कार्यक्रममा जोड दिएको छ ।” मन्त्री लामाले कर्णालीको कच्चा पदार्थ उपयोग गर्ने खालका आठ उद्योगलाई अनुदानको व्यवस्था गरिने जनाए । कर्णालीमा औद्योगिक क्षेत्रको विकासका निम्ति निजी तथा साझेदार निकायहरूसँग समन्वय र सहकार्य गर्ने तथा आवश्यकतामा प्रदेश सरकारले पनि सहयोग गर्ने उनको भनाइ थियो । उनका अनुसार औद्योगिक क्षेत्रमा रहेको सडकमा ५०० मिटर कालोपत्र गरिएको छ । त्यसका लागि करिब रु ६९ लाख बजेट रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *