बालश्रम अन्त्य गर्न मुख्यमन्त्री शाहीलाई ७ बुँदे ज्ञापन पत्र

डिसी नेपाल
५ असार २०७९ १९:५७

सुर्खेत । बालश्रम अन्त्य र विशेष पहलकदमीका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई ७ बुँदे ज्ञापन पत्र बुझाइएको छ ।

एनसिपिए,स्वतन्त्रता अभियान र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आइतवार मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बलश्रम अन्त्य र विशेष पहलकदमीका लागि प्रदेश सरकार सकरात्मक भएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले बताए । ‘हामी बालबालिकाको क्षेत्रमा काम गरिनै रहेका छौँ र आगामी दिनमा पनि विशेष रुपमा काम गछौँ’ उनले भने ।

ज्ञापनपत्रमा उल्लेख बुँदाहरु

बलश्रम अन्त्यका लागि कर्णाली प्रदेश स्तरीय बालश्रम निवारण नीति तथा कार्ययोजनाको निर्माण र कार्यान्वयन गरियोस्, ।

कर्णाली प्रदेश बाल अधिकार समिति गठन गरी सो अन्र्तगत बालश्रम निवारण कार्यदल वा उपसमिति गठन गर्ने र बालबालिका हेर्ने सामाजिक विकास मन्त्रालय अन्र्तगत बालसंरक्षण तथा बालश्रम निवारण शाखा स्थापना गरी संचालन गरियोस् ।

प्रदेशभित्र संचालनमा रहेका उद्योग व्यवसायहरुका कार्यस्थल र आपुर्ति चक्रमा बालश्रम प्रयोग नगर्न नितीगत कानूनी व्यवस्था गर्ने ।

बालश्रमको जोखिममा रहेका तथा बालश्रममा रहेका बालबालिकाको परिवारलाई लक्षित गरी विशेष सामाजिक सुरक्षा तथा संरक्षणका योजना लागू गरियोस् ।

आगामी आर्थिक वर्ष २०७९\८० को बजेटमा बालश्रम अनत्यका लागि प्रदेश सरकारको तर्फबाट विज्ञप्तिमा उल्लेख गरिएका कार्यक्र संचालन गर्न व्यवस्था गर्न विज्ञप्तिमा भनिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *