महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’माथि अन्तरक्रिया

डिसी नेपाल
६ असार २०७९ १५:०१

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका लेखक महेश्वर पन्तको पछिल्लो उपन्यास ‘बौलाको डायरी’माथि विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले उपन्यासमाथि आफ्नो विचार राखेका थिए । उनले पन्तको उपन्यासले त्रिपक्षीय द्वन्द्वलाई प्रस्तुत गरेको बताए । द्वन्द्वमा सत्ता पक्ष, विद्रोही पक्षकासाथै तेस्रो पक्षमा रुपमा द्वन्द्व पीडित सिमान्तकृत वर्गका कथा उपन्यासले समेटेको पोखरेलले बताएका थिए ।

पूर्वदृश्य शैलीमा प्रस्तुत उपन्यास बौलाको डायरीले कथानकमा राष्ट्रिय विषयवस्तु उठाएको उनले उल्लेख गर्दै उपन्यासलाई आञ्चलिक भन्न नसकिने दाबी गरे । उनले यस कृतिले माओवादी द्वन्द्वको औचित्य के ? भन्ने प्रश्न उठाएको बताए ।

पोखरेलले पाठकलाई तान्न सफल भए पनि उपन्यासमा कमीकमजोरी रहेको पनि बताए । कार्यक्रममा कथाकार विश्वराज अधिकारीले साहित्यिक कृतिको बिक्री कसरी बढाउने र पाठकलाई नेपाली साहित्यप्रति कसरी आकर्षित गर्ने विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

मोलुङ फाउण्डेसनद्वारा आयोजित उक्त कार्यक्रममा दीपक लोहनी, ममता मृदुल, अश्विनी कोइराला, डा. भूपप्रसाद धमलाले पोखरेलको समीक्षामा केन्द्रित रहेर धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *