कुकुरले टोक्दा हुम्लामा एक महिला गम्भीर, थप उपचारका लागि नेपालगञ्ज लगियो

डिसी नेपाल
७ असार २०७९ २२:२४

हुम्ला । कुकुरले टोक्दा हुम्लामा एक महिला घाइते भएकी छन् । सिमकोट गाउँपालिका वडा नम्वर ५ की ४२ वर्षीया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी हुन् । मंगलबार बिहान बाली गोडमेलका क्रममा उनलाई भुस्याहा कुकुरले टोकेको आफन्त विष्णु रावतले बताए ।

उनीमाथि ६\७ वटा कुकुरले आक्रमण गरेको र हात खुट्टा, पाखुरा, टाउकोमा समेत घाउ भएको उनले बताए। कुकुरले टोकेर घाइते भएकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगाएतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो ।

कुकुरको टोकाइबाट सक्त घाइते भएकी महिलाको जिल्ला अस्पातल हुम्लामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । घाइतेलाई आजै नेपालगञ्ज लगिएको आफन्त रावतले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *