कर्णालीका अधिकांश स्थानीय तहले ल्याए बजेट

डिसी नेपाल
१० असार २०७९ २१:०९

सुर्खेत । कर्णालीका अधिकांश स्थानीय तहले बजेट ल्याएका छन् । आर्थिक वर्ष १०७९/०८०का लागि कर्णालीका अधिकांश स्थानीय तहले बजेट ल्याएका हुन् ।

कर्णालीका स्थानीय तहले ल्याएको बजेटमा स्थानीय तहले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र केही स्थानीय तहले लोक रिझाउने बजेट ल्याएका छन् । कर्णालीका ७९ स्थानीय तहमध्ये अधिकांशले गाउँपालिका तथा नगरपालिकाले नीति तथा कार्यक्रम पेस गर्दै बजेट ल्याएका हुन् ।

वीरेन्द्रनगरको बजेट १ अर्ब ९४ करोड ११ लाख बजेट ल्यायो

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक रूपले सम्पन्न, भौतिक रूपले योजनाबद्ध सहरी सुविधायुक्त, लैंगिक रूपमा महिलामैत्री, सामाजिक रूपले समावेशीरसहभागितात्मक, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रूपमा निर्माण गर्ने योजना प्राथमिकतामा छन् ।

सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँले बढी बजेट हो ।

शुक्रबार नगरसभामा आगामी आवको बजेट प्रस्तुत गर्दै उपप्रमुख नीलकण्ठ खनालले शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ बजेट ल्याइएको बताए ।

कालिकोटका पचालझरनाको लागी ४२ करोड ९० लाख ४७ हजार

पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० को लागी ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको बजेट ल्याएको छ । बुधबार गाउँपालिकाको केन्द्र पडेक्षामा ९ औँ गाउँ सभामा उपाध्यक्ष अल्किना बमले ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा शिक्षा, स्वास्थ्य रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *