पदम विश्वकर्माको उपन्यास ‘क्वारेन्टाइन’ माथि वक्ताहरुको टिप्पणी

डिसी नेपाल
१४ असार २०७९ ११:११

काठमाडौं । कोरोना महामारीका कारण विश्व ठप्प भयो। गरीब मुलुकदेखि विश्वका महाशक्ति सम्पन्न मुलुकसमेत कोरोना महामारीका कारण तहसनहस भए। कोरोना कहरका कारण लाखौंले ज्यान गुमाए भने आर्थिक रुपमा धेरै मुलुक तहसनहस भए।

यही कोरोना कहरलाई समेटेर उपन्यासकार पदम विश्वकर्माले ‘क्वारेन्टाइन’ उपन्यास बजारमा ल्याएरका छन्। सोही उपन्यासमाथि सोमबार राजधानीमा आयोजित एक कार्यक्रम परिचर्चा गरिएको छ।

कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले कृतिमाथि बोल्दै उपन्यासमा कोरोनाकालीन समयमा अमेरिकामा बसोवास गर्ने नेपालीहरूको जनजीवन प्रस्तुत गरेको बताए ।

उपन्यासमा सो समयको त्रासदी, आप्रवासीहरूको पीडालगायत यावत पक्ष समेटिएको उल्लेख गरे । उनले कृतिले समकालीन कथावस्तु पस्केको भए पनि धेरै ठाउँमा विषयवस्तु पुनरावृत्ति भएको उल्लेख गरे ।

साहित्यकार डा. दीनबन्धु शर्माले उपन्यासमा केही भागहरू नभएको भए पनि हुने भन्दै आउँने पुस्तालाई यो उपन्यासले कोरोना कहरको त्रासदी वर्णन गर्नसक्ने बताए ।

साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन, राजकुमार बानियाँ र ज्ञाननिष्ठ ज्ञवालीले कृति अलि हतारमा आएको बताए । यस्ता महामारीको कथा तत्कालै भन्दा केही वर्ष अझै हेरेर, त्यसको विहङ्गम विश्लेषण गरेर लेखिएको भए राम्रो हुने तर्क गरे ।

कथाकार विश्वराज अधिकारीले सहजीकरण गरेको उक्त कार्यक्रममा डा. विमल शर्मा, आयोजक संस्था मोलुङ फाउण्डेसनका प्रा. भूपप्रसाद धमलाले कृति केन्द्रित अभिव्यक्ति राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *